कला


‘कालो केशमा रेलीमै’ का गायकको सांगीतिक ब्यान्ड ‘दिनेश ढकाल एण्ड डोको नाम्लो’ सार्वजनिक

‘कालो केशमा रेलीमै’ का गायकको सांगीतिक ब्यान्ड  ‘दिनेश ढकाल एण्ड डोको नाम्लो’ सार्वजनिक

नेपालखबर
फागुन १८, २०८१ आइतबार १७:२, काठमाडौँ

चर्चित गीत ‘कालो केशमा रेलीमै, बाँधेको रिबन’ का गायक तथा गीतकार दिनेश ढकालले नयाँ ब्यान्ड सुरू गरेका छन्। उनले ‘दिनेश ढकाल एण्ड डोको नाम्लो’ नामक सांगीतिक ब्यान्ड सार्बजनिक गरेका छन्।

झन्डै तिन  वर्ष अगाडी सार्वजनिक कालो केशमा रेलिमई गीतलाई  युटुबमा हालसम्म  २ करोड भन्दा बढी पटक हेरिएको छ। नेपाली दर्शकसामु गीत पुगेपनि यस गीतका रचनाकार तथा गायक दिनेश ढकाल भने दर्शक श्रोता माझ पुगेका थिएनन्। बीचमा केही गीत ल्याएका गायक दिनेश अहिले नयाँ सांगीतिक उर्जा सहित नयाँ ब्यान्ड लिएर आएका हुन्।

लोक विधाका संगीतहरु प्रस्तुत गर्ने गायक ढकालले अब आफ्नो ब्याण्डले नेपाली मौलिक तथा लोक संगीतको मर्मलाई जीवन्त राख्दै आम नेपाली दर्शक तथा श्रोताहरु माझ केहि नयाँ शैलीमा नेपाली संगीतहरु पस्कने बताए। ६ जना संगीतकर्मीहरु रहेको ब्याण्डमा निकै चर्चित तथा अनुभवी म्युजिसियनहरु रहेका छन्।

जसमा कोक स्टुडियोमा समेत सारंगी बजाएका अनिल गन्धर्व  पनि ब्याण्डमा जोडिएका छन्। विभिन्न रास्ट्रिय तथा अन्तरास्ट्रिय सांगीतिक मंचहरुमा आफ्नो प्रस्तुति दिई सकेका गन्धर्वले यस ब्याण्डमा जोडिन पाउदा आफुमा एक विशेष सांगीतिक उर्जा थपिएको बताउछन्।

ब्यान्डामा निकै अनुभवी म्युजिसियहरुस् गितारमा दुर्गा क्षेत्रि, ड्रमसेटमा भुवन खत्री, बेस गितारमा दिवश विस्ट र किबोर्डमा पुस्पन श्रेष्ठ लगायतका म्युजिसियहरु रहेका छन्।

ब्याण्डले आफ्नो पहिलो आधिकारिक सांगीतिक प्रस्तुति यहि फागुन २३ गते पद्मश्री कलेज द्वारा आयोजित म्युजिक फेस्टिवलमा दिने बताएको छ। यो ब्यान्ड छिट्टै नेपाल सांगीतिक टुरको तयारीमा समेत लागेको दिनेश ढकालले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad