कला


इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल काठमाडौँदेखि धनकुटासम्म

इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल काठमाडौँदेखि धनकुटासम्म

नेपालखबर
फागुन २१, २०८१ बुधबार १०:२०, काठमाडौँ

काठमाडौँको कालिकास्थानस्थित सर्वनाम थिएटरमा विभिन्न देशका २ दर्जनबढी नाटकहरु प्रदर्शन भइरहेका छन्। इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल सोसाइटी र सर्वनाम थिएटरको सहकार्यमा फागुन १७ गतेदेखि सुरु भएको इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल ५ दिनसम्म सञ्चालन हुने छ। 

‘शान्तिको लागि थिएटर, संस्कृतिहरुको आदानप्रदान र दिगो भविष्य संरक्षण’ मूल नारा रहेको फेस्टिभलमा जापान, भारत, चीन, थाईल्याण्ड, बंगलादेश, हङकङ, कोरिया, फ्रान्स, बेलायत, ताइवान, फिलिपिन्स, सिङ्गापुर, नेपाल सहित १३ देशका विभिन्न सहरका २ सय बढी रंगकर्मी तथा कलाकारहरू सहभागी छन्।

महोत्सवको पहिलो दिन हङकङका मोक चि यु द्वारा निर्देशित ‘विभिङ फ्रीडोम’, भारतका नाट्य चेतनाद्वारा प्रस्तुत नाटक ‘देवी’ र दक्षिण कोरियाका नामोदाक मोवेमेन्टको नाटक ‘मिटिङ’ प्रदर्शन भएको थियो । दोस्रो दिन ४ नाटक प्रदर्शन भएका थिए।
 नेपालको तर्फबाट सर्वनाम थिएटरको प्रस्तुतिमा अशेष मल्लद्वारा निर्देशित नाटक ‘अर्को कुरुक्षेत्र’, राज शाहको नाटक ‘मनोक्रान्ति’, फिलिपिनी नाटक ‘अरीमोमाँगा’ र थाईल्याण्डको नाटक ‘डिसेप्सन अफ द डेमन’ प्रदर्शन भएको थियो । तेस्रो दिन बंगलादेशको नाटक ‘तुम्बा एण्ड द नेईवर’, सिंगापुरको ‘सिक्स माइक्रो लेक्चरस् अन् जेनोसाइड’ र चीनको ग्रास स्टेज थिएटरको ‘बियोन्ड होप एण्ड डिस्पेअर’ प्रदर्शन गरिएको थियो। 

चौथो दिन हङकङको नाटक ‘तु दु, जापानी नाटककार इन्डी लीको ‘इट वोन्ट बी लङ नाउ’ र नतसुको किरितानीको ‘द ट्रान्स – बोर्डर’ मञ्चन भएको थियो । अन्तिम दिन ‘फरेवेल लेट अस गो टु साउथ’ र फ्रान्सेली निर्देशक म्याक्सिम सिसडद्वारा ‘अ लिटल बर्ड इन द केज’ नाटक प्रदर्शन हुनेछ।

महोत्सवमा नाटक तथा कला प्रदर्शनीसँगै दैनिक ३ ओटा नाट्यप्रशिक्षण तथा कार्यशालाहरु पनि सञ्चालन भईरहेका छन् । पहिलो दिन बंगलादेशी निर्देशक तथा कलाकार शमिमा शकेत, दोस्रो दिन बेलायती नाट्य निर्देशक तथा कलाकार इन्डी लि, जापानी नाट्य निर्देशक नात्सुको किरितानी तथा हङकङका कलाकार समुहद्वारा कार्यशालाहरु सञ्चालन भएको थियो। 

तेस्रो दिन दक्षिण कोरियाली समूह नमोदक मुभमेन्ट ल्याब तथा ताईवानी थिएटरहरु असाइनमेन्ट र स्पेश थिएटर तथा चौथो दिन नेपाली नाट्य निर्देशक अशेष मल्ल, भारतीय प्रशिक्षक समूह नाट्य चेतना र फिलिपिनी प्रशिक्षण समूह फिलिपिन एजुकेसनल थिएटर समूह (पेटा) को कार्यशाला रहेको थियो। 

अन्तिम दिन सिङ्गापुरका प्रशिक्षक कोक हेङ लियुन, थाइल्यान्डको प्रशिक्षण समुह अनट्टा थिएर ट्रुप र चिनियाँ ग्रास स्टेज थिएटर प्रशिक्षण समुहले नाट्य प्रशिक्षण तथा कार्यशाला प्रस्तुत गर्नेछन्। 

सबै कार्यशालाको समयावधि ३ घण्टाको रहेको छ । यो महोत्सवलाई जनमानसमा पुर्याउने हेतुले मार्च ७ देखि ९ सम्म इटहरीको मेट्रिक्समा र १० मा धनकुटामा समेत नाटक मञ्चन तथा सांस्कृतिक भ्रमण समेत हुनेछ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad