शुक्रबारबाट रिलिज भएको फिल्म ‘होस्टेल ३’ ले उत्साहजनक व्यापार गरेको छ। शुक्रबार र शनिबार यस फिल्मले दर्शकहरुको राम्रो साथ पाएको छ। यद्धपी, निर्माणटिमले व्यापारको तथ्याङ भने सार्वजनिक गरेको छैन।
शनिवार बिहानैदेखि धेरै हलहरूमा अकुपेन्सी शतप्रतिशत रहेको काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीले बताए। त्यस्तै, काठमाडौं उपत्यका बाहिरका वितरक रोहित कट्टेलले अपेक्षाभन्दा व्यापक रूपमा पाएको सुनाए।
शनिवार बिहानैदेखि काठमाडौंका हलहरूमा दर्शक भेट्न पुगेका थिए। दर्शकहरूले कलाकारहरूलाई बोकेर नचाइरहेका छन्। दर्शकहरुले कलाकार अगाडि पाउँदा खुसीले व्यापक हुटिङ गरिरहेका छन्। अपेक्षा गरिएको भन्दा निकै राम्रो फिल्म बनेको भन्दै दर्शकहरुले तारिफ गरिरहेका छन्।
हल भिजिटमा कलाकारहरू पारस बम (कूलब्वाय), सिम्रन पन्त, पदम तामाङ, आशिष घिमिरे, हेना नगरकोटी, सन्तोष बानियाँ, समा पराजुली, विलियम पिएनसहित निर्देशक सशान कँडेल पनि पुगिरहेका छन्। उनीहरुसँग दर्शकहरुले फोटो र भिडिओ खिचाइरहेका छन्।
निर्देशक सशान कँडेलले आफ्नो पहिलो निर्देशनमा नै दर्शकबाट अप्रत्याशित माया पाएकोमा खुसी व्यक्त गरे।
माधव शर्माले पटकथा तथा संवाद लेखेका हुन् भने उनी एसोसियट निर्देशक पनि हुन्।
चलचित्रका निर्माता सुरेश कँडेल, कर्ण कार्की र गोविन्द अधिकारी हुन् भने सह(निर्मातामा शिशिर ज्ञवाली, अनीश सिग्देल, कुन्दन गुप्ता र गणेश मगर रहेका छन्। अर्जुन तिवारीले छायाङ्कन निर्देशन गरेको यस चलचित्रको सम्पादन विकास दाहालले गरेका छन्।
Shares

प्रतिक्रिया