कान्स फिल्म अवार्ड विजेता बेल्जियमकी अभिनेत्री एमिली डेक्वानको ४३ वर्षको उमेरमा निधन भएको छ। उनी क्यान्सरबाट पीडित थिइन्।
सन् १९९९ मा, केवल १८ वर्षको उमेरमा उनले 'रोसेटा'मा अभिनय गरेबापत सर्वश्रेष्ठ अभिनेत्रीका लागि कान्स फिल्म अवार्ड प्राप्त गरेकी थिइन्।
पछि २०१२ मा पनि उनले 'ए पेर्ड्रे ला रायसन'का लागि कान्स फिल्म अवार्ड जितेकी थिइन्। साथै उनले धेरै चलचित्रमा अभिनय गरेबापत विभिन्न प्रतिष्ठित पुरस्कार पनि प्राप्त गरेकी थिइन्।
उनले सुरुमा फ्रान्सेली भाषाका चलचित्रमा काम गरेकी थिइन्। एमिली डेक्वान २०१४ मा बीबीसी टीभी नाटक द मिसिङमा एक प्रहरी अधिकारीको भूमिकामा देखा परिन्।
किशोरी केटीको संघर्षको मर्मस्पर्शी कथामा आधारित फिल्म रोसेटा, डेक्वानको पहिलो पर्दा भूमिका थियो।
एमिली डेक्वान एउटा खाद्य कारखानामा काम गर्थिन् तर जागिर गुमाइन्। त्यही बेला उनलाई रोसेटा फिल्मका लागि प्रस्ताव आएको थियो।
Shares

प्रतिक्रिया