कला


आमिर मात्र होइन, यी ६ सेलेब्रिटीले पनि बुढेसकालमा प्रेम पाए

आमिर मात्र होइन, यी ६ सेलेब्रिटीले पनि बुढेसकालमा प्रेम पाए

गौरी स्प्राट र आमिर खान


नेपालखबर
चैत ७, २०८१ बिहिबार १४:२६, काठमाडौँ

दुई विवाह असफल भएपश्चात् ६० वर्षको उमेरमा नयाँ प्रेमिका सार्वजनिक गरेपछि यतिबेला बलिउड अभिनेता आमिर खान चर्चामा छन्। 

हालै आफ्नो ६०औँ जन्मदिन (मार्च १४) को अघिल्लो दिन ४६ वर्षकी गौरी स्प्राटलाई आफ्नी प्रेमिका भनेर सार्वजनिक गर्दा धेरै जना छक्क परे। 

तर आमिर खान मात्र होइन, बलिउडमा अन्य ६ जना यस्ता कलाकार छन्, जो ५० वर्षको उमेरपछि फेरि प्रेममा परेका छन्। 

आशिष विद्यार्थी


धेरै दक्षिण भारतीय र बलिउड चलचित्रमा खलनायकको भूमिका निर्वाह गरेका दिग्गज अभिनेता आशिष विद्यार्थीले ६० वर्षको उमेरमा गोप्य रूपमा दोस्रोपटक विवाह गरे। 

मिलिन्द सोमन


फिटनेस फ्रिक मिलिन्द सोमनले ५२ वर्षको उमेरमा आफूभन्दा २६ वर्ष कान्छी अंकिता कोंवरसँग विवाह गरे। 

नीना गुप्ता 


अभिनेत्री नीना गुप्ताले ५४ वर्षको उमेरमा विवेक मेहरालाई आफ्नो जीवनसाथी बनाइन् र घरजम सुरु गरिन्। 

कबिर बेदी


तीन विवाह असफल भएपछि कबिर बेदीले आफ्नो ७०औँ जन्मदिनको एक दिनअघि चौथोपटक विवाह गरेर सबैलाई चकित पारे। कबिर बेदीकी चौथी श्रीमतीको नाम परविन दोसांझ हो। परविन उनकी छोरी पूजा बेदीभन्दा ३-४ वर्ष कान्छी छिन्।

हंसल मेहता


फिल्म निर्देशक हंसल मेहताले ५४ वर्षको उमेरमा सैफीना हुसेनसँग विवाह गरे। दुवैले एकअर्कालाई १७ वर्षसम्म डेट गरे र त्यसपछि ५४ वर्षको उमेरमा विवाह गर्ने निर्णय गरे।

सुहासिनी मुले


अभिनेत्री सुहासिनी मुल ६० वर्षको उमेरमा दुलही बनिन्। उनले आफ्नो फेसबुक साथीसँग गोप्य रूपमा विवाह गरेकी थिइन् र विवाहको चार वर्षपछि यो कुरा खुलासा गरेकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad