कला


नेपालमा हिट भएसँगै ‘अञ्जिला’ १६ देशमा एकसाथ रिलिज हुँदै

नेपालमा हिट भएसँगै ‘अञ्जिला’ १६ देशमा एकसाथ रिलिज हुँदै

नेपालखबर
चैत १३, २०८१ बुधबार १३:१०, काठमाडौँ

गत फागुन २९ गतेबाट प्रदर्शनरत फिल्म ‘अञ्जिला’ १६ देशमा एकसाथ रिलिज हुने भएको छ। 

अमेरिका, क्रोएसिया, कतार, बहराइन, माल्टा, डेनमार्क, पोर्चुगल, हङकङ, दक्षिण कोरिया, फिनल्यान्ड, क्यानडा, दुबई, सिंगापुर, जापान, बेल्जियम र स्विडेनमा अञ्जिला एकसाथ रिलिज हुन लागेको हो। 

अस्ट्रेलियामा रिलिजको टुङ्गो लगभग अन्तिम चरणमा पुगेको निर्माता प्रेमकुमार श्रेष्ठले बताए। साथै, बेलायतमा यस चलचित्रको उच्च माग रहेको र क्रमशः सबै सहरमा रिलिज गरिने उनको भनाइ छ। 

यो फिल्म नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान अञ्जिला तुम्बापो सुब्बाको जीवनमा आधारित छ। नेपालमा सुपरहिट नेपालीहरूको बाहुल्य रहेका विभिन्न मुलुकहरूमा रिलिज हुन लागेको हो। यस फिल्मले नेपालभरि ४ करोडबढीको व्यापार गरिसकेको छ। 

समीक्षक तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाउनुका साथै उल्लेखनीय व्यापार गरेपछि विदेशबाट माग भएको हो। विदेश रिलिज मार्च २९ बाट हुने जनाइएको छ।

अमेरिकामा सेभेन सिज इन्टरनेशनलका प्याट्रिक सुवेदीले रिलिज गर्नेछन् भने क्यानडामा आगन इभेन्ट्स तथा आइ र यु इन्टरटेनमेन्टले रिलिज गर्दैछन्। त्यस्तै, जापानमा युएनए इन्टरटेनमेन्ट, फिनल्यान्डमा मामा इभेन्ट, मध्यपूर्वका देशहरूमा साथीभाइ इन्टरटेनमेन्ट, माल्टामा मगवर्ट प्रोडक्सनले रिलिज गर्दैछन्।

यस फिल्मका निर्देशक मिलन चाम्सले दिनानुदिन शो सङ्ख्यासँगै दर्शक पनि बढिरहेको बताए। 

 ‘यो माया र विश्वासले ऊर्जा थपेको छ। फिल्म हेर्ने ८३ वर्षसम्मको आमा देखेको छु। उहाँहरू फिल्म हेरेर निस्किदा खुसी भएको देख्दा सन्तुष्टि मिलेको छ, दर्शक हलसम्म ल्याएर खुसी बनाएर फिर्ता पठाउन पाउँदाको क्षणलाई शब्दमा व्यक्त गर्न सक्दिन,’उनले भने।

‘अञ्जिला’ले कठिन पारिवारिक परिवेशबाट व्यावसायिक फुटबल खेलाडी बन्ने सपना बोकेर राजधानी छिरेकी एन्जिला तुम्बापो सुब्बाको प्रेरणादायी जीवनयात्रालाई जीवन्त रूपमा प्रस्तुत गरेको छ। यसमा एन्जिलाले राजधानी आउनुअघि र आएपछिको कठोर सङ्घर्षलाई देखाइएको छ।

मिलन चाम्सको निर्देशमा बनेको यो चलचित्रलाई प्रेमकुमार श्रेष्ठले निर्माण गरेका छन् । यस चलचित्रमा कलाकार समेत रहेका श्रेष्ठ एन्जिलाका ‘गड फादर’ हुन्। शीर्ष भूमिकामा एन्जिला आफैले अभिनय गरेकी छिन्। 

चलचित्रमा माओत्से गुरुङ र दयाहाङ राईले एन्जिलाका बुबाको भूमिकामा छन् भने सिर्जना सुब्बाले आमाको भूमिका निर्वाह गरेकी छिन्। फिल्ममा सुमिन गुरुङले, सुनिल थापा, बुद्धि तामाङ, विजय बराल, मञ्जु श्रेष्ठ लगायतको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad