बलिउड गायक सोनु निगमले हालै दिल्ली टेक्नोलोजिकल युनिभर्सिटीमा एक कार्यक्रममा प्रस्तुति दिए।
लाइभ कार्यक्रमको क्रममा सोनुमाथि ढुङ्गा र बोतलहरू प्रहार गरिएको भारतीय मिडियाहरुले दाबी गरिरहेका थिए। यसैबीच, उनले यस कुरालाई अस्वीकार गरेका छन्।
सोनुले इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै आइरहेका समाचारहरूको खण्डन गरेका हुन्। सोनुका अनुसार कार्यक्रम हुँदा कसैले भेप फ्याँकेको थियो, जुन उनको टोलीका एक सदस्यको छातीमा लागेको थियो।
‘सामाजिक सञ्जालमा आएजस्तो प्रस्तुति दिँदा बोतल र ढुङ्गा फ्याँकिएको होइन। कसैले भेप फ्याँकेको थियो, जुन शुभंकरको छातीमा लाग्यो। जानकारी पाउने बित्तिकै मैले कार्यक्रम रोकेँ। र, फेरि यस्तो भयो कार्यक्रम बन्द गरिनेछ भनेको थिएँ’, सोनुले उल्लेख गरेका छन्।
लाइभ कार्यक्रमको क्रममा सोनु निगममाथि गुलाबी रंगको कपालको ब्यान्ड फ्याँकिएको थियो। सोनुले त्यो ब्यान्ड समातेर लगाएका थिए। जुन गुलाबी ब्यान्डको कुरा पनि सोनुले क्याप्सनमा उल्लेख गरेका छन्।
Shares

प्रतिक्रिया