कला


कस्तो छ फिल्म ‘पिताम्बर’को ट्रेलर? (भिडिओ)

कस्तो छ फिल्म ‘पिताम्बर’को ट्रेलर? (भिडिओ)

नेपालखबर
चैत २०, २०८१ बुधबार ११:१८, काठमाडौँ

चैत २९ मा रिलिज हुने फिल्म ‘पिताम्बर’को एक्सनपूर्ण ट्रेलर सार्वजनिक गरिएको छ।

राजधानीमा मंगलबार कार्यक्रम आयोजना गरी निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।

अभिनेत्री सुरक्षा पन्त र एक बच्चा गहुँबारीमा रमाइरहेको दृश्यबाट ट्रेलर सुरु भएको छ।

बदलाको भाव देखाउने ट्रेलरमा अधिकांश दृश्य एक्सनका छन्। ट्रेलरमा फिल्मका प्रायः सबै कलाकारलाई स्थान दिइएको छ।

ट्रेलर रिलिजपछि फिल्मकी निर्देशक कृषा चौलागाईंले ट्रेलर रिलिज गरेसँगै दर्शकसँग आत्मसर्पण गरेको बताइन्।

‘ट्रेलर आएसँगै हामीले दर्शकसँग आत्मसमर्पण गरिसक्यौँ। टिजर, गीत, पोस्टरजस्तै ट्रेलरलाई पनि मनपराइदिनुहुनेछ भन्नेमा ढुक्क छौँ’, उनले भनिन्।

केपी फिल्मस् र पुरुषोत्तम प्रधान फिल्मसको ब्यानरमा निर्माण भएको फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सौगात मल्ल, आर्यन सिग्देल, अनुपविक्रम शाही, सुरक्षा पन्त, गौरी मल्ल, रविन्द्र झा, प्रमोद अग्रहरि, आर्यन सिग्देल, कामेश्वर चौरासिया, टिका पहाडी, सुलभ पहाडी, सुरवीर पण्डित, विशाल पहाडी, दिव्यदेव पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी, गौरव विष्ट, किशोर भट्ट, विनोदकुमार पौडेल, नारायण काफ्ले र रविन्द्र भट्टराईले अभिनय गरेका छन्।

फिल्ममा बाल कलाकारका रूपमा आर्नव घिमिरे, प्रयुस दत्त सुवेदी, आध्य लामिछाने, आरोह चौलागाईं र सुप्रोल बुढाथोकी (अनमोल) ले  अभिनय गरेका छन्।

विशाल चौलागाईं निर्माता रहेको फिल्ममा पुरुषोत्तम प्रधान, आध्य लामिछाने र आरोह चौलागाईं सहनिर्माता, सुमन गौतम कार्यकारी निर्माता, प्रदीप भारद्वाज र अभिमन्यु निरवीको पटकथा र संवाद, पुरुषोत्तम प्रधानको डीओपी, शेरबहादुर लामा र मानकृष्ण महर्जनको छायांकन, बन्दे प्रसादको सम्पादन र ट्रेलर, आशीष अविरल र बाबुल गिरीको संगीत, हिमाल केसीको द्वन्द्व छ।

भिडिओ-

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad