राजनीति


थाइल्यान्डमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ (तस्बिरहरू)

थाइल्यान्डमा प्रधानमन्त्री ओलीलाई ‘गार्ड अफ अनर’ (तस्बिरहरू)

नेपालखबर
चैत २०, २०८१ बुधबार ११:२४, काठमाडौँ

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैंककको सरकारी भवनमा थाइल्यान्डका प्रधानमन्त्री पे थोङ्थान् शिनावातले स्वागत गरेकी छन्। त्यसक्रममा प्रधानमन्त्री ओलीले गार्ड अफ अनर निरीक्षण गरेका छन्।

थाइल्यान्ड भ्रमणमा रहेका प्रधानमन्त्री ओली र समकक्षी शिनावातबीच द्विपक्षीय भेटवार्ता पनि भएको छ।

थाइल्यान्डको औपचारिक भ्रमण र बहुक्षेत्रीय  प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिमस्टेक)को छैटौं शिखर सम्मेलनमा भाग लिने क्रममा मंगलबार ओली थाइल्यान्डको बैंकक पुगेका थिए।  

थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावातको मैत्रीपूर्ण निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलोपटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो।

तस्बिरहरू

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad