कला


शुक्रबारदेखि हलमा लाग्ने ‘वसन्त’ले कति पायो ‘सो’?

शुक्रबारदेखि हलमा लाग्ने ‘वसन्त’ले कति पायो ‘सो’?

नेपालखबर
चैत २१, २०८१ बिहिबार ७:५६, काठमाडौँ

चैत २२ गतेदेखि प्रदर्शन हुने ‘वसन्त’को अग्रिम टिकट बुकिङ खुला गरिएको छ।

सिनेमाका सार्वजनिक प्रचार सामग्रीले दर्शकमाझ उच्च हाइप निर्माण गरेकाले मल्टिप्लेक्सदेखि सिंगल स्क्रिनसम्मले यो सिनेमालाई उच्च ‘सो’ दिएका हुन्।

देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले सिनेमाको ३ दिनअगावै अग्रिम टिकट बुकिङ खुला गर्दै काठमाडौँ उपत्यकामा मात्रै ३३ ‘सो’ दिएको छ।

बुधबारसम्म मोफसलमा इटहरी बाहेकका हलमा वसन्तलाई क्युएफएक्सले ३८ ‘सो’सहित देशभर ७१ ‘सो’ उपलब्ध गराएको छ। यो प्रकाश सपुतले डेब्यु निर्देशन गरेको फिल्म हो। ‘वसन्त’लाई आईएनआई सिनेमाजले लोत्से मल, एनबी सेन्टर, क्युबक्स बुटवल र सिमरा बिजनेस सेन्टरको हलमा गरेर १६ ‘सो’ दिएको छ।

वान सिनेमाजले आईप्लेक्स र कालीमाटी ट्रेड सेन्टरमा १० ‘सो’ दिएको छ। त्यस्तै एफक्युबले ५ ‘सो’, बिग मुभिजले ५ ‘सो’, बीएसआर सिनेमाजले ४ ‘सो’ दिएको छ। अझै सिनेमा रिलिज हुने समय एक दिन बाँकी रहेको हुँदा बिहीबार साँझसम्म पनि ‘सो’ थपिने क्रम जारी रहनेछ।

सिनेमालाई अग्रिम टिकट बुकिङका क्रममा हलले उपलब्ध गराएको ‘सो’ ट्रेन्ड हेर्दा सिनेमा शुक्रबार ४ सय हाराहारी ‘सो’सहित प्रदर्शनमा आउने देखिन्छ।

नेपाल र विदेशमा एक साथ रिलिज हुने सिनेमा ‘वसन्त’मा प्रकाससहित स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे, विशाल पहारीको अभिनय छ।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा सोसल ड्रामा सिनेमाका कथा, पटकथा र संगीत पनि निर्देशक सपुतले नै तयार पारेका हुन् भने फिल्म सुसन प्रजापतिले खिचेका हुन्।

विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न संघर्षको कथा सिनेमामा छ।

सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र वीरेन्द्र नारायण श्रेष्ठ छन्।

गायक तथा निर्देशक सपुतको जन्मथलो बागलुङ, काठमाडौँ र तराईका विभिन्न ठाउँमा सिनेमाको छायांकन गरिएको हो।

काठमाडौँ उपत्यकामा डीसीएन र मोफसलमा एफडी कम्पनीले सिनेमालाई वितरण गर्नेछन्।

फिल्मलाई केन्द्रीय जाँच समिति (सेन्सर बोर्ड) ले युनिभर्सल सर्टिफिकेट दिएको हो। अब यो फिल्म हरेक उमेरका दर्शकले सहजै हेर्न पाउने छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad