बलिउड अभिनेता मनोज कुमारको अन्त्येष्टि आज गरिँदै छ।
त्यसअघि मुम्बईस्थित घरबाट उनको शव यात्रा निकालिने छ।
उनको अन्तिम संस्कार जुहू शवदाह गृहमा गरिने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।
फिल्म निर्माता अशोक पण्डितले मुम्बईको कोकिलाबेन अम्बानी अस्पतालबाट उनको शव घर ल्याएको एक घण्टापछि अन्तिम यात्रा हुने बताएका छन्।
बलिउडका दिग्गज अभिनेता मनोज कुमारको निधन ८७ वर्षको उमेरमा शुक्रबार मुम्बईको कोकिलाबेन अम्बानी अस्पतालमा भएको हो।
मनोज कुमार हिन्दी फिल्म उद्योगमा देशभक्तिपूर्ण फिल्महरूका लागि परिचित छन्।
उनका अविस्मरणीय फिल्महरूमा क्रान्ति, उपकार, शहीद, पूर्व और पश्चिम, रोटी कपडा और मकान हुन्।
255
Shares

प्रतिक्रिया