फिल्म ‘द महावीर’ बन्ने भएको छ। निर्माणटिमले थिम पोस्टर सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो। जीबी आग्रीले निर्देशन गर्ने चलचित्रको कथावस्तु के हो निर्माणपक्षले प्रष्ट खुलाएको छैन। थिम पोस्टर भने रेड एन्ड डार्क रहेकाले युद्धको पृष्ठभूमीमा कथा रहेको अनुमान लगाउन सकिन्छ।
दुईवटा बलिष्ट घोडा दौडाएर दुईव्यक्ति आमानेसमाने भएको पोस्टरमा उल्लेख छ। बीचमा ठूलो तरवार रातो कपडाले बेरिएको अवस्थामा कसैले उठाउन तयार रहको अवस्थामा छ, यो युद्धको संकेत हो।
चलचित्रको स्लोगन ‘राइज फाइट कन्क्वेर’ छ। उठ, लड र जित भन्ने स्लोगनले दुईपक्षबीचको द्वन्द्वलाई संकेत गरेको छ। चलचित्रको कथा कृष्ण विक र जिबी आग्रीले लेखेका छन्। लक्षरा फिल्सको प्रस्तुति रहने ‘द महावीर’मा कृष्ण विक, बिआर रेड्डी, सन्तोष लुहार निर्माताको रुपमा रहनेछन्। सह-निर्मातामा रम्भा देवी र लक्ष्मण बिके रहनेछन्।
कार्यकारी निर्मातामा वरिष्ठ संगीतकार सुरेश अधिकारी छन्। डिरेक्टर अफ फोटोग्राफीमा सरण रिसी छन्। हिन्दी र नेपाली भाषामा निर्माण हुने चलचित्रमा डल्बी एटमसको साउन्ड रहने निर्माणपक्षले जनाएको छ। चलचित्रमा को-को कलाकार रहनेछन् भन्ने निर्माणपक्षले जानकारी दिएको छैन।
Shares

प्रतिक्रिया