कला


दुर्गेश थापाको स्वरमा ‘कर्मा’को शीर्ष गीत सार्वजनिक(भिडिओ)

दुर्गेश थापाको स्वरमा ‘कर्मा’को शीर्ष गीत सार्वजनिक(भिडिओ)

नेपालखबर
चैत २५, २०८१ सोमबार ८:२५, काठमाडौँ

चलचित्र ‘कर्मा’को शीर्ष गीत सार्वजनिक भएको छ। ‘कर्मा’ बोलको टाइटल गीतमा दुर्गेश थापाको स्वर सुन्न सकिन्छ। 

गीतमा शब्द तथा संगीत पनि दुर्गेश स्वयंको छ। असलका लागि असल र खराबका लागि खराब रहेको सन्देश दिएको गीतले जस्तो मान्छे त्यस्तै व्यवाहार हुने सन्देश दिएको छ।

गीतमा एरेन्ज पनि दुर्गेशले नै गरेका छन्। ब्याकग्राउन्ड भोकल आरसी रिमाल र भुषण खतिवडाको रहेको छ।

गीतको भिडिओमा फिल्मकम मुख्य कलाकार विपीन कार्की, मुकुन भुसाल, उपासना सिंह ठकुरीलगायत रहेका छन्। दुर्गेश स्वयंले पनि भिडिओमा देखिएका छन्। 

ट्रेलरले राम्रो हाइप बनाइरहेको अवस्थामा दुर्गेशको गीतले यसलाई थप हाइप दिने अपेक्षा निर्माणपक्षको छ ।

यसैबीच, ‘कर्मा’को ट्रेलर नेपालसहति कतार, कोरिया र जापानमा पनि युट्युब ट्रेन्डिङमा परेको हो।

विपीनलाई एक्सनमा उतारेका निर्देशक सौरभ चौधरीले एक्सनको जगमा बसेर पैसा र पावरका लागि मरिहत्ते गर्ने समाजको कथा भन्ने प्रयास गरेका छन् ।

‘कर्मा’मा विपीन कार्की, उपासना सिंह ठकुरी, मुकुन भुसाल, सरिता गिरी, दिब्यदेब, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मालागायतको अभिनय रहेको छ ।

‘कर्मा’ ड्रामा, सस्पेन्स र एक्सन जनरामा निर्माण भएको छ। सिनेमाको कथा निर्देशक चौधरी स्वयंले लेखेका छन् ।

‘कर्मा’ले अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार बिक्रीको अधिकार सेभेन सिज सिनेमाले लिएको छ। आर्टिस्टिक इनटरटेनमेन्टको प्रस्तुति रहने ‘कर्मा’मा वसन्त लम्सालको लगानी रहेको छ।

यो फिल्म नयाँ वर्ष २०८२ को छेको पारेर नेपालसहित विश्वभर चैत २९ गते रिलिज हुँदै छ।

(भिडिओ)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad