कला


हेमन्त शिशिरको 'बन्द कोठाको झ्याल' सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान

हेमन्त शिशिरको 'बन्द कोठाको झ्याल' सार्वजनिक, शेरचनलाई विश्वज्योति काव्य सम्मान

नेपालखबर
चैत २६, २०८१ मंगलबार १२:२५, काठमाडौँ

कवि हेमन्त शिशिरको कविता सङ्ग्रह 'बन्द कोठाको झ्याल' सार्वजनिक भएको छ। ४० वर्ष ननाघेका र कुनै पनि कृति प्रकाशित नभएका युवालाई काव्य-क्षेत्रमा प्रोत्साहित गर्ने उद्देश्यले स्थापित 'विश्व-ज्योति पाण्डुलिपि पुरस्कार' जितेको उक्त सङ्ग्रह आज सार्वजनिक गरिएको हो। 

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, प्राध्यापक डा रजनी ढकाल, कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ र उषा शेरचनले कृति सार्वजनिक गरेका हुन्। सङ्ग्रह साङ्ग्रिला बुक्सले बजारमा ल्याएको हो। पुस्तकको मूल्य रु ३०० रहेको छ । 

कैलालीका कवि शिशिर विगत डेढ दशकदेखि कविता लेखनमा सक्रिय छन्। 

यसैगरी 'एपेक नेपाल'द्वारा यसै वर्षदेखि अर्पण गर्नेगरी स्थापना भएको 'विश्व-ज्योति काव्यसमान' पहिलो पटक वरिष्ठ कवि उषा शेरचनलाई प्रदान गर्ने निर्णय गरिएको छ। 

विसं. २०१२ सालमा पोखरामा जन्मिएकी कवि उषा शेरचनका कविता, मुक्तक र आख्यानका ६ वटा कृति तथा ५ वटा गीति एल्बम प्रकाशित भइसकेका छन्। 
'विश्व-ज्योति काव्यसमान'मा सम्मान पत्रसहित नगद रू ५१ हजार रुपैयाँ रहेको छ। 

यसैगरी कार्यक्रममा कविहरू राजेन्द्र सलभ, विश्वविमोहन श्रेष्ठ, विधान आचार्य बाबू त्रिपाठी, उषा शेरचन, लक्ष्मी माली र प्रज्वल अधिकारीका कवितालाई एम आर्टका कलाकारको प्रस्तुति गरेका थिए। जसको निर्देशन वीरेन्द्र हमालले गरेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad