राजनीति


राजतन्त्रको औचित्य छैन: माधवकुमार नेपाल

राजतन्त्रको औचित्य छैन: माधवकुमार नेपाल

नेपालखबर
चैत २६, २०८१ मंगलबार १२:२६, मोरङ

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताएका छन्।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले औचित्यहीन राजतन्त्र पुनःस्थापना नहुने बताएका हुन्। ‘औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ’, पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको स्पष्ट गर्दै उनले भने।

फरक प्रसङ्गमा नेता नेपालले संविधान संशोधन आवश्यक भएको बताए। साथै उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)सँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad