कला


बाजुरामा राजेश हमाल : रिमझिमे पानीमा भिझेका दर्शकसँग हात मिलाए, स्थानीय कलाकारसँग नाचे

बाजुरामा राजेश हमाल : रिमझिमे पानीमा भिझेका दर्शकसँग हात मिलाए, स्थानीय कलाकारसँग नाचे

नेपालखबर
चैत २७, २०८१ बुधबार १९:५६, कञ्चनपुर

रिमझिम पानी परिरहेको थियो। छाता ओढेर दर्शक खचाखच थिए। बाजुराको बडिमालिका कृषि पर्यटन तथा सांस्कृतिक महोत्सवमा बुधबारका प्रमुख आकर्षक थिए, महानायक राजेश हमाल।

उनकै प्रतीक्षामा दर्शक रिमझिमे पानीमै छाता ओडेर कुरिरहेका थिए। जब स्टेजमा हमालको प्रवेश हुन्छ, तब दर्शक दीर्घाबाट चर्को हुटिङ आउँछ।

दर्शकलाई सम्बोधन गर्दै बाजुराको मार्तडीमा गरिएको कार्यक्रममा हमाल भन्छन्, ‘न आँधीले छेक्न सक्छ, न पानीले। यहाँहरूको यस्तै साथ सहयोगले कलाकारिता लामो यात्रा तय गर्न सफल भएको छु।’

हमाल एकै छिनमा दर्शक भएतिर जान्छन्। दर्शकहरूसँग हात मिलाउँछन्। अनि मञ्चमा फर्किएर भन्छन्, ‘अब घर जाने कि नाच्ने?’

तर दर्शक त्यसै घर फर्किने कहाँ थिए? दर्शकदीर्घाबाट चर्को आवाज आउँछ, ‘नाच्ने।’

र, ‘रातो टीका निधारमा’ बोलको गीत बज्छ। हमाल स्टेजमा नाच्न थाल्छन्। बाजुराका स्थानीय किशोरी कलाकारहरू पनि हमालसँगै स्टेज सेयर गरेर नृत्य गर्छन्।

दिन पनि ढल्किँदै थियो। पानी पनि परिरहेको थियो। तर, पनि हमालको नृत्य र चर्चित संवादहरू सुन्न दर्शक आतुर देखिन्थे।

हमालले बाजुरामा आफ्नो चलचित्रको प्रचार पनि गर्न भ्याए। जेठ ९ गते नरसिंहा चलचित्र प्रदर्शनमा आउने उनले जानकारी दिए।

राजेशले बाजुरा टेकेकामा उनलाई होटलमा समेत दुबाको माला लगाएर स्वागत गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad