विश्वकै प्रख्यात चलचित्र विद्यालय बुसान एसियन फिल्म स्कुलमा नेपालबाट युवा निर्देशक जेसन लोप्चन छानिएका छन्। बुसान फिल्म स्कुलले एसियाली मुलुकबाट मात्र १८ जना युवा चलचित्रकर्मीलाई छात्रवृत्तिमा छान्ने काम गर्छ। यी छानिएका १८ जना बुसान कोरिया मा बसेर अन्तराष्ट्रिय निर्माताहरूसँग मिलेर आफ्नो चलचित्रको तयारी गर्छन्।
हालै नेपालमा पहिलोपटक आइफोनद्वारा चलचित्र बनाएका लेखक तथा निर्देशक जेसन लोप्चन अहिले बुसान कोरियामा छन्। उनी कोरियाको बुसान एसियन फिल्म स्कुल मा ८ महिना बसेर अन्तरास्ट्रीय निर्माताहरूसँग मिलेर आफ्नो दोस्रो चलचित्रको तयारी गरिरहेका छन्। चलचित्रको पटकथा र सबै निर्माण कार्य बुसान मै गरिनेछ। चलचित्रको छयाङ्कन् आगामी वर्ष २०२६ नेपालमै गरिनेछ।
उनको पहिलो निर्देशन रहेको फिल्म ‘अ प्लेस अन्डर द सन’ एम्एस्एम् भिडिओमा उपलब्ध छ। उनले यसअघि मेयर बालेन शाहको ‘मार्फा को मदिरा’ गीतको भिडिओ पनि निर्देशन गरेका थिए।
Shares

प्रतिक्रिया