कला


यस्तो छ दिलीप रायमाझी अभिनीत ‘हेल्लो काँशीराम’को टिजर

यस्तो छ दिलीप रायमाझी अभिनीत ‘हेल्लो काँशीराम’को टिजर

नेपालखबर
बैशाख २, २०८२ मंगलबार ९:१०, काठमाडौँ

जेठ २ गते देशभरका हलहरूमा एकसाथ प्रदर्शन हुने फिल्म ‘हेल्लो काँशीराम’ को टिजर सार्वजनिक भएको छ।

सार्वजनिक टिजरले देशको व्यथितिविरुद्ध तीखो व्यंग्य गरेको छ। नेपालको राजनीतिमा बाहिरी मुलुकको हस्तक्षेपलाई नजानिँदो तरिकाले व्यंग्य गरिएको बुझ्न सकिन्छ।

टिजर हेर्नेहरूलाई नेपालमा शासन गर्ने नेताहरूले बाह्य हस्तक्षेपकर्तालाई देउता मानेर पूजा गर्ने प्रवृत्तिलाई चलचित्रले राम्रैसँग कटाक्ष गर्छ। कमेडी जनराका चलचित्र हेर्न मन पराउनेलाई यो चलचित्र निकै मीठो खुराक बन्न सक्ने देखिन्छ।

टिजरमा दिलीप रायमाझीलाई एकजना पीडित बेरोजगार युवाका रूपमा प्रस्तुत गरिएको छ, जसले बेरोजगार युवाहरूको प्रतिनिधित्व गरेका छन्।

रेडलाइन फिल्मस् प्रालिको ब्यानरमा निर्माण भएको यस चलचित्रको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन्, उनी पुराना निर्देशक हुन्। यस चलचित्रलाई पीबी थापाले लगानी गरेका हुन्।

यम आले डीओपी, मित्र डी. गुरुङ सम्पादक तथा रंग संयोजक रहेको चलचित्रमा दिलीपसँगै वरिष्ठ कलाकारहरू सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, उमेर राई ‘फुलन्देकी आमा’, भगेरी डन, नवज्योति रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरीलगायतले अभिनय गरेको निर्माण टिमले जनाएको छ।

यस चलचित्रमा एकबेलाकी चर्चित अभिनेत्री प्रियंका कार्कीको समेत विशेष भूमिका रहेको बताइएको छ। तर, उनको के कस्तो भूमिका छ भन्ने कुरा अहिलेसम्म स्पष्ट खुलाइएको छैन।

निर्देशक विश्वकर्माले यसअघि ‘नेपाली वीर, सम्झिराख है, रेलिमाई’लगायत फिल्म निर्देशन गरिसकेका छन्, उनका फिल्महरूले नेपाली मौलिक कथावस्तु, समाजका वास्तविकता प्रस्तुत गर्ने गरेका छन्।

फर्स्टलुक पोस्टर र प्रदर्शन मिति एकैसाथ सार्वजनिक गरेर प्रचार थालेको फिल्मको टिजर र गीत छिट्टै सार्वजनिक गर्ने निर्माण टिमको तयारी छ।

हेर्नुहोस् टिजर:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad