कला


सलमान खान मार्ने धम्की दिने व्यक्ति गिरफ्तार

सलमान खान मार्ने धम्की दिने व्यक्ति  गिरफ्तार

फाइल तस्बिर: सलमान खान


नेपालखबर
बैशाख २, २०८२ मंगलबार २२:३६, काठमाडौँ

सोमबार सलमान खानलाई मार्ने धम्की दिने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ।

सलमानका लागि यो धम्कीपूर्ण् सन्देश वडोदरानजिकैको गाउँबाट पठाइएको थियो।

दैनिक भास्करका अनुसार सन्देश पठाउने व्यक्ति २६ वर्षका छन्।

अप्रिल १४ मा उनले मुम्बईको वरली क्षेत्रमा रहेको यातायात विभागको आधिकारिक ह्वाट्सएप नम्बरमा एउटा सन्देश पठाएका थिए, जसमा सलमान खानलाई उनको घरभित्रै मारिनेछ र उनको कार बमले उडाइनेछ भनेर लेखिएको थियो।

एएनआईको रिपोर्टअनुसार, सलमान खानलाई धम्की दिने व्यक्ति वडोदरा नजिकैको गाउँमा बस्ने २६ वर्षीय युवक हुन्। हाल उनको छोराको नाम भने खुलाइएको छैन।

रिपोर्टअनुसार अनुसन्धानबाट सन्देश पठाउने व्यक्तिको मानसिक अवस्था राम्रो नभएको पत्ता लागेको छ। परिवारले उनको उपचार भइरहेको दाबी गरेको छ। यो तथ्य पत्ता लगाउन प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad