कला


ललितकला प्रज्ञा प्रतिष्ठानमा ललितकला मेला सुरु

ललितकला प्रज्ञा प्रतिष्ठानमा ललितकला मेला सुरु

नेपालखबर
बैशाख ३, २०८२ बुधबार १५:५०, काठमाडौँ

ललितकला प्रज्ञा प्रतिष्ठानको १६ औँ स्थापना दिवसको सन्दर्भ पारेर ‘ललितकला मेला–२०८२’ आयोजना गरिएको छ।

कलाको प्रदर्शन, प्रवर्द्धन तथा जानकारी दिने उद्देश्यले नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले पहिलो पटक ललितकला मेला आयोजना गरेको हो।

मेलामा चित्रकला, मूर्तिकला तथा हस्तकलाको प्रदर्शनी तथा बिक्रीमा राखिएका छन्। मेलाले कलालाई आर्थिक, पर्यटकीय तथा सामाजिक रुपान्तरणसँग जोड्न मद्धत पुग्ने प्रतिष्ठानले जनाएको छ। 

मेलामा कलाका विषयमा कार्यशाला, गोष्ठी तथा अन्तरक्रिया समेत आयोजना भइरहेको छ। मेला १० हजार जनाले अवलोकन गर्ने अपेक्षा गरिएको छ।

विभिन्न माध्यममा बनेका चित्रकला, मूर्तिकला, हस्तकलालगायत लोककला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायत विधा तथा कला सामग्रीको बजार विकास र प्रवर्द्धनको थालनीका लागि यस मेला गरिएको प्रतिष्ठानले जनाएको छ। ४५ भन्दा बढी स्टल रहेको मेला वैशाखको ६ गतेसम्म चल्नेछ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad