कला


यस्तो छ ‘मोहर’मा पलको अवतार

यस्तो छ ‘मोहर’मा पलको अवतार

नेपालखबर
बैशाख ५, २०८२ शुक्रबार १२:३७, काठमाडौँ

अभिनेता पल शाहको यो वर्ष रिलिज हुन लागेको पहिलो फिल्म हो, ‘मोहर’। यो फिल्म साउनको २३ गतेबाट रिलिज हुँदैछ। 

निर्माणपक्षले फिल्मका मुख्य अभिनेता पल शाहको केही तस्बिर सार्वजनिक गरेको छ। जहाँ, पल लामो कपाल पालेको अवस्थामा देखिन्छन्। उनको हातमा भरुवा बन्दुक समेत छ। यसले, पलको भूमिका कस्तो होला भन्ने कौतुहलता दर्शकमा पैदा हुन्छ।

यो फिल्म र आफ्नो भूमिकालाई लिएर पल शाह निकै नै उत्साहित छन्। उनले, यसपटक दर्शकले आफूलाई फरक गेटअपमा देख्न पाउने बताए। फिल्मको कथावस्तुको बारेमा निर्माणपक्षले केही पनि बोलेको छैन । 

फिल्म मेकर्स प्रालिको व्यानरमा निर्माण भएको यो फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ। फिल्मका निर्माता चुम्बन जंग शाही हुन्। फिल्ममा पल शाह, बेनिशा हमाल, नीति शाह, अर्जुन जंग शाही, मिथिला शर्मा, रवीन्द्र झा, लक्ष्मी गिरी, सुशिल देवकोटा र बाल–कलाकार सारा शर्माको अभिनय छ।

दीपेन बस्न्यातको डीओपी रहेको फिल्ममा कुमार महर्जनको एक्सन, भूपेन्द्र अधिकारीको सम्पादन, सुरेश अधिकारी र एसडी योगीको संगीत, प्रमोद ढुंगाना र हर्क साउदको शब्द छ।

फिल्मका मुख्य सहायक निर्देशक गिरिराज घिमिरे हुन्। कविराज गहतराज र रामजी लामिछानेको नृत्य निर्देशन रहेको फिल्मका निर्माण नियन्त्रक लक्ष्मणराज पौडेल हुन्। फिल्मको छायांकन दाङ, अर्घाखाँची, रोल्पा, प्युठान र काठमाडौंमा गरिएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad