थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘कथ–एक’ को मञ्चन सुरु भएको छ। वैशाख १२ गतेबाट सुरु गरिएको मञ्चन वैशाख २८ गतेसम्म चल्नेछ।
मानवीय सम्बन्धका जटिलताहरुमा आधारित यो नाटक अनुप न्यौपानेको निर्देशनमा तयार भएको हो। नाटकले एक जोडीको सम्बन्धमा आउने उतारचढावको भावनात्मक यात्रा वरिपरि घुम्छ।
नाटकको कथा निर्देशक न्यौपानेसहित प्रेम सिलवाल विश्वकर्माले संयुक्त रुपमा लेखेका हुन्। नाटकमा सहनिर्देशन भने मिलन कार्कीको रहेको छ।
नाटकमा प्रेम र मिलनसहित वेदना राई, संयोग गुरागाईं, सनम श्रेष्ठ, क्रिस्टिना बस्नेत र अजय कार्कीको अभिनय छ। सागर खाती कामी र पुरण दियालीले नाटकमा संगीत दिएका छन्।
27
Shares

प्रतिक्रिया