कला


विपिन र मिरुना अभिनित ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

विपिन र मिरुना अभिनित ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक

नेपालखबर
बैशाख १६, २०८२ मंगलबार २२:०, काठमाडौँ

बहुप्रतिक्षित फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर सार्वजनिक गरिएको छ। मङ्गलवार काठमाडौंको प्रज्ञा प्रतिष्ठानमा आयोजितबीच   ट्रेलर सार्वजनिक गरिएको हो।

सार्वजनिक ट्रेलरमा फिल्मको कथासारबारे प्रष्ट पार्न खोजिएको छ। विपिन कार्की र मिरुना मगरबिचको अन्तर्जातिय प्रेमसम्बन्धको धागो वरिपरि ट्रेलर घुमेको छ।

आर्टमाण्डू प्रालिको पहिलो फिचर चलचित्र ‘ऊनको स्वीटर’ पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको यथार्थवादी सामाजिक कथानक फिल्म हो। यसका निर्देशक नवीन चौहानले चलचित्रको कथा पाँचथरदेखि भारतको वेस्ट बङ्गालको सीमासम्म फैलिएको बताए ।

उनले चलचित्र बनाउने सपना बोकेको क्षणदेखि ट्रेलर सार्वजनिक गर्नेसम्मको यात्रा निकै चुनौतीपूर्ण भए पनि त्यो सपना अब सयौँ जनाको बनेको बताए । ‘मैले एउटा सिनेमाको संसार बनाउने प्रयास गरेको हुँ। सुरुमा म एक्लैले देखेको सपना अब सयौँ जनाको भएको छ,’ चौहानले भने।

चलचित्रमा मुख्य भूमिका निभाएका अभिनेता विपिन कार्कीले पाँचथरको यात्रालाई स्मरण गर्दै सबै पाँचथरे सहयोगीलाई धन्यवाद दिए। उनले आर्टमान्डूका गीतहरू जस्तै यो चलचित्र पनि उत्कृष्ट बनेकोले दर्शकको मन जित्ने कुरामा विश्वास गर्न अनुरोध गरे।

अभिनेत्री मिरुना मगरले आफूले निभाएको फुलु गुरुङको पात्रबाट ‘ऊनको स्वीटर’जस्तै न्यानोपन दर्शकसम्म पुर्‍याउने प्रयास गरेको बताइन्। उनले यो चलचित्र हेरेपछि आर्टमान्डूले सुरुआत गरेको चलचित्रको बेग्लै संसारमा पुगिने सुनाइन।

चलचित्रमा गीत निर्देशक रहेका सुजन चापागाईँले लामो यात्राको क्रममा दुःख र सुखसँगै धेरै कुरा सिक्न पाएको अनुभव सुनाउँदै दर्शकको माया पाएको गीत जस्तै चलचित्रलाई पनि माया गरिदिन आग्रह गरे।

ऊनको स्वीटरुमा विपिन, मिरुना, एलेक्स पारस, परीक्षा लिम्बु, सुरज तमु, भावना खपाङ्गी मगर, विल्सन विक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारको अभिनय रहेको छ। सुजन चापागाईँ र झुमा लिम्बुको सङ्गीत र नवीन चौहानको लेखन तथा निर्देशनमा बनेको यो फिल्म वैशाख २६ गतेबाट रिलिज हुँदै छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad