कला


प्रवीण खतिवडाको मुख्य भूमिकामा फिल्म ‘शिवांश: च्याप्टर १’ बन्ने

प्रवीण खतिवडाको मुख्य भूमिकामा फिल्म ‘शिवांश: च्याप्टर १’ बन्ने

नेपालखबर
बैशाख १७, २०८२ बुधबार १२:३८, काठमाडौँ

फिल्म ‘शिवांश: च्याप्टर १’ बन्ने बन्ने भएको छ। निर्माणटिमले बुधबार एक पोस्टर सार्वजनिक गर्दै फिल्म निर्माणको घोषणा गरेको हो।

सार्वजनिक पोस्टरमा मुख्य कलाकार प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएको अवस्थामा देखिएका छन्।

अनुहारको आधा भाग मात्र देखिएको उक्त दृश्यमा उनी विरोधीको नियन्त्रणमा परेका छन् भन्ने आभास हुन्छ। पोस्टरमा एक व्यक्तिको अगाडि सिंगो गाउँमा आगो लागेको दृश्य देखिन्छ, जसले चलचित्र शक्ति संघर्षमा आधारित रहेको संकेत गर्छ। 

तर, कथावस्तुबारे निर्माणपक्षले थप विवरण सार्वजनिक गरेको छैन। अञ्जान सिनेमा प्रोडक्सन हाउसको ब्यानरमा निर्माण हुने यो फिल्मको निर्देशन सन्तोष कुमार आत्रेयले गर्नेछन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो। 

यस फिल्ममा प्रवीणसहित तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा देखिनेछन् भने विकास जोशी, विमला लिम्बु, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौला लगायतको पनि अभिनय रहनेछ।

फिल्मको कथा अञ्जान केसीले लेखेका हुन्, जो यसका निर्माता पनि हुन् । सह-निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी रहेका छन्। पटकथा भने बारत लिम्बुले तयार पारेका छन् ।

चलचित्रमा न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीको संगीत रहनेछ। गीत लेखनमा राजनराज शिवाकोटी र विप्लव प्रतीक छन्। स्वर राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको रहनेछ।

यो चलचित्रमा मिलन श्रेष्ठको द्वन्द्व निर्देशन हुनेछ भने नृत्य निर्देशन विक्रम चोहानले गर्नेछन् । सिनेमाटोग्राफी सरद महतोको रहने  चलचित्रको मुख्य सहायक निर्देशक  बारत लिम्बुको हुन्। स्क्रिप्ट डक्टरको रूपमा सुलक्षण भारती, कार्यकारी निर्माता सम्भू थापा छन् ।

यो फिल्म आगामी असोज २४ गतेबाट देशभर प्रदर्शनमा आउनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad