आगामी जेठ २३ मा प्रदर्शन हुने फिल्म ‘जन्ते बाख्रो’ पोस्टर सार्वजनिक गरिएको छ। सार्वजनिक पोस्टरमा फिल्मका मुख्य कलाकारहरु फिचर्ड छन्।
हास्य, रहस्य, ग्रामीण परिवेश र समसामयिक विषयलाई संयोजनमा तयार पारिएको छ। पोस्टरमा धेरै कलाकारहरू देखिन्छन्, सबैभन्दा अगाडि एउटा बाख्राको छ, जसले गुलाबी रङको चश्मा लगाएको छ।
पोस्टरमा देखिएका पात्रहरूकै हाउभाउले फिल्ममा रोमाञ्चक कथा र हास्यपूर्ण ट्विस्ट हुने संकेत गर्छ। सार्वजनिक पोस्टरमा सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहारी, कमल देवकोटा, रुषा न्यौपाने लगायतका कलाकारहरू देखिएका छन्।
पोस्टरमा बाख्रोलाई पोस्टरको केन्द्रीय पात्र बनाइनुले कथावस्तुमा केही रहस्यात्मक र हास्यपूर्ण मोड हुने पक्का छ। सार्वजनिक पोस्टरलाई रोयल भिमसेन र ट्राइडेन्ट कन्सेप्ट टिमले तयार पारेको हो।
सिमोश सुनुवारको निर्देशन रहेको फिल्ममा रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतका कलाकारहरुको पनि अभिनय रहेको छ। यसको सार्वजनिक गरिएको दुई गीत घामै राजा र अङ्गुरको झुप्पो लाई दर्शकले रुचाई सकेका छन्।
मुईन इन्टरटेनमेन्टको प्रस्तुतीमा तयार भएको सिनेमा‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा आधारित छ। सन्तोष गौतमको निर्माणमा तयार भएको सिनेमा लाई प्रदीप भारद्वाजले लेखेका हुन्।
नेपाली समाजमा बेहुली भित्र्याउने दिन जन्तीलाई खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ, सिनेमाको कथा यसै प्रचलनमा आधारित छ ।
फिल्ममा हरि हुमागाईंको छायांकन निर्देशन, उत्तम हुमागाईंको छायांकन, सुनिल शिवभक्तिको सम्पादन रहेको टिफल्क फिल्मस्ले वितरण गर्ने फिल्मको डिजिटल राइट्स जी टु वान डिजिटलले खरिद गरेको छ।
Shares

प्रतिक्रिया