कला


‘माइतीघर’ टिमलाई म्याग्दीमा बाजागाजासहित स्वागत, थालियो छायांकन

‘माइतीघर’ टिमलाई म्याग्दीमा बाजागाजासहित स्वागत, थालियो छायांकन

नेपालखबर
बैशाख १८, २०८२ बिहिबार १२:४५, काठमाडौँ

फिल्म ‘माइतीघर’को छायांकन सुरु भएको छ। म्याग्दीको ताकम गाउँमा आज फिल्मको शुभसाइत गर्दै छायांकन सुरु गरिएको हो। स्थानीय गणेश मन्दिरमा शुभसाइत गर्दै पूजा गरियो।

निर्माता रोहित अधिकारीका अनुसार अनुसार यो फिल्मको २० दिन ताकम र धारपानी गाउँमा छायांकन हुनेछ। बाँकी २० दिन दरबाङको तातोपानी क्षेत्रमा सुटिङ हुनेछ।

धौलागिरी गाउँपालिकाका अध्यक्ष प्रेमप्रसाद पुन शुभसाइत समारोहको प्रमुख अतिथी  थिए। उनले पहिलो पटक गाउँमा फिल्मको छायांकन हुन लागेको भन्दै खुशी व्यक्त गरे। यो फिल्मबाट गाउँको पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण सहयोग पुग्ने पनि विश्वास पुग्ने बताए।

शुभसाइत समारोहमा वडा नम्बर ७ का अध्यक्ष अशोक खत्रीले नरिवल फोडेका थिए। उनले पनि उचित प्रसारप्रसार हुन सकेको खण्डमा गाउँको विकास हुने बताए।

शुभसाइत समारोह अघि फिल्मको टिमलाई गाउँमा बाजा बजाउँदै स्वागत गरिएको थियो। यो फिल्ममा केदार घिमिरे, धिरज मगर, प्रकाश सपुत, उपासना सिंह ठकुरी, श्यामाश्री शेर्पा, वुद्धि तामाङ, शिशिर वाङ्देल लगायतका कलाकारको अभिनय छ।

रोहित अधिकारी फिल्मस्को व्यानरमा निर्माण हुन लागेको फिल्ममा रविन शेरचन र धीरज तामाङको पनि लगानी छ। फिल्मका कार्यकारी निर्माता इश्वर श्रेष्ठ र नीरज कटुवाल हुन्। मिलन तामाङको निर्देशनमा बन्ने फिल्ममा सुसन प्रजापतिको छायांकन रहनेछ। 

फिल्मलाई दशैंको फूलपातिबाट रिलिज गर्ने घोषणा यसको निर्माणपक्षले गरिसकेको छ। यस फिल्मले तामाङ संकृतिको कथा भन्नेछ। निर्माता अधिकारीले यसअघि निर्माण गरेका ‘गाजलु, छ माया छपक्कै र फर्की फर्की’लाई पनि दर्शकले रुचाएका थिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad