कला


प्रिमियरमा रुचाइयो ‘झिल्को’, ११६ शोसहित आजदेखि प्रदर्शनमा

प्रिमियरमा रुचाइयो ‘झिल्को’, ११६ शोसहित आजदेखि प्रदर्शनमा

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार १०:३६, काठमाडौँ

आज (शुक्रबार)देखि नेपाली फिल्म ‘झिल्को’ प्रदर्शनमा आएको छ। देशभर ११६ शोसहित यो फिल्म हलमा लागेको हो। 

बिहीबार साँझ काठमाडौँमा ग्रान्ड प्रिमियर राखिएको छ। प्रिमियर कार्यक्रममा चलचित्रकर्मी, मनोविज्ञान परामर्शदाता, बाल चिकित्सक तथा बालबालिकाको हितमा क्रियाशील अभियन्ताहरूको उल्लेखनीय उपस्थिति थियो। 

चिकित्सक र परामर्शदाताले बालबालिकाको मनोविज्ञान र समग्र विकासमा प्रविधिको लतले पारेको असरलाई बुझाउन चलचित्रले ठूलो भूमिका खेल्ने विश्वास व्यक्त गरे।

प्रिमियरमा उपसभामुख इन्दिरा राना मगर लगायतको विशेष उपस्थिति थियो। उपसभामुख मगरले फिल्मले उठाएको विषयवस्तु अत्यन्तै महत्त्वपूर्ण रहेको भन्दै ‘झिल्को’ हरेक व्यक्तिको लागि एउटा सिकाइ रहेको बताइन्।

‘हरेक अभिभावकले आफ्ना बालबालिकासहित हेर्नुपर्ने चलचित्र हो याे। गाउँपालिका, नगरपालिका तथा अन्य सरकारहरूले यो चलचित्रलाई विशेष चलचित्रको रूपमा देखाउने अभियान चाल्नुपर्छ,’ उनले भनिन्।

‘झिल्को’ले बालबालिकामा स्मार्टफोनको कुलत, अभिभावकीय बेवास्ता र डिजिटल कुलतले पारेको पारिवारिक विखण्डनजस्ता विषयवस्तुलाई प्रस्तुत गरेको छ।

बालिकाको मुख्य भूमिकामा आयुषी ढकालले अभिनय गरेकी छिन्। फिल्ममा सुनिल पोखरेल, वर्षा सिवाकोटी, विशाल पोखरेल, भोलाराज सापकोटा, जान्वी बस्नेत, जेनीश श्रेष्ठ र जेभीश श्रेष्ठ लगायतको अभिनय छ।

यसअघि ‘झोला’ निर्देशन गरेका यादवकुमार भट्टराईद्वारा निर्देशित यस फिल्मको पटकथा भट्टराईसहित अरुणदेव जोशी र देव व्रतको तयार पारेका हुन्। फिल्मका कार्यकारी निर्माता उमेश पौडेल हुन् भने निर्माता सुशीला आचार्य, रामगोपाल थापा र किरण कुमार आचार्य रहेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad