दीपेन्द्र के खनाल निर्देशित फिल्म ‘के घर के डेराः घर नं २’ को ट्रेलर सार्वजनिक भएको छ। शुक्रबार ललितपुरको लबिम मलस्थित क्यूएफएक्स हलमा आयोजित कार्यक्रममा ट्रेलर सार्वजनिक गरिएको छ।
सार्वजनिक ट्रेलरले काठमाडौंमा घर हुने र नहुनेको पीडालाई समेटेको छ। घर मोह र घरनै सबैथोक भन्ने कुराले निम्याएको समस्या वरिपरि ट्रेलर घुमेको छ।
घर जोगाउन र जोड्न युवा पुस्ताले गरेको संघर्ष र त्यसले सिर्जना गरिरहेको नकारात्मक पक्षलाई ट्रेलरमा मार्मिक ढङ्गले प्रस्तुत गरिएको छ।
यस फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, हरिहर शर्मा, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारको अभिनय छ।
कृष्णबहादुर थापाको सिनेमामा छायांकन गरेको फिल्मको निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन छन्। कार्यकारी निर्माताको रूपमा युवराज कार्की छन्।
यस फिल्मको कथा ‘कर्णाली ब्लुज’, ‘एक्लो’ र ‘फिरफिरे’ उपन्यासका लेखक बुद्धि सागरले लेखेका छन्। यो उनको पहिलो सिनेमा हो।
यो फिल्म एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको यो फिल्म जेठ २ मा रिलिज हुँदैछ।

प्रतिक्रिया