कला


खेमको टिमबाट धादिङका प्रशेषले जिते ‘भ्वाइस अफ नेपाल-६’ को उपाधि

खेमको टिमबाट धादिङका प्रशेषले जिते ‘भ्वाइस अफ नेपाल-६’ को उपाधि

नेपालखबर
बैशाख १९, २०८२ शुक्रबार २३:२७, काठमाडौँ

सांगीतिक रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’को छैटौं संस्करणको उपाधि प्रशेष पाण्डेले जितेका छन्।

शुक्रबार राति भएको ग्रान्ड फिनालेमा टिम खेम सेन्चुरीको समूहका धादिङका पाण्डे विजेता बनेका हुन्।

उपाधिसँगै पाण्डेले २० लाख नगदसहित अन्य दुई प्रायोजकबाट १/१ लाख रुपैयाँ जिते।

पाण्डेले आफ्नो जित फरक क्षमता भएकाहरूको जित भएको बताए। त्यस्तै, कोच मेलिना राईको समूहबाट खोटाङका रोशन राई फस्ट रनरअप घोषित हुँदा कोच राजु लामाको समूहका इलामका प्रमेश राई सेकेन्ड रनरअप बने।

कोच उदय सोताङको समूहबाट प्रतिस्पर्धा गरेकी सिक्किमकी अर्पणा आचार्य थर्ड रनरअप घोषित भइन्।

समारोहमा सबै कोचसहित ‘भ्वाइस’को सिजन ३ का विजेता किरण गजमेर र इन्द्रकला राईले प्रस्तुति दिएकी थिइन्।

लोकसंगीतलाई प्रतिनिधित्व गर्दै चर्चित लोकगायक खेम सेन्चुरीले यही सिजनमा मात्र कोचको रूपमा प्रवेश गरेका थिए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad