पछिल्लो समय नेपाली युवाहरू धमाधम विदेश गइरहेका छन्। देशमा राम्रो अवसर नहुँदा उनीहरू विदेशिन बाध्य छन्।
जसले सहरदेखि गाउँ रित्तो भइरहेको छ। त्यसै भावलाई जर्मनीमा रहेका हरिलाल भट्टराईले डेउडा ठाडीभाका ‘गाउँ भैगया खाली’ मा समेटेका छन्। सार्वजनिक गीतका शब्दले भन्छ:
सर्कार बास्न्या ठाउमा
सर्कार बास्न्या ठाउँमा
गाणी पुग्या गाउँमा
मान्छे भागि सहर पस्या
सार्वजनिक गायकगायिका भुवन दाहाल र डिक्रा वादीको स्वर सुन्न सकिन्छ। हरिलालका शब्दमा धर्मराज भट्टराईको संगीत भरेका छन्। कृष्णा बाजुरेलीले गीतको म्युनिक एरेन्ज गरेका हुन्। भुवन र डिक्राको स्वरमा यो ठाडीभाका निकै मार्मिक सुनिएको छ।
सार्वजनिक ठाडीभाकाले गाउँमा विकास परेपनि युवा नहुँदा भएको गाउँ खालि भएको जल्दोबल्दो विषयवस्तु उठान गरेको छ। गीतले जन्मेको ठाउँ र आमाभन्दा ठूलो चिज के छ ररु भन्दै विदेश गएकाहरूलाई समेत प्रश्न गर्छ।
सर्जक भट्टराईले यी शब्दहरू गाउँ र घर कुरेर बसिरहेकी आमाको तर्फबाट लेखिएको बताए। यो गीत तिनै गाउँ कुरेर बसेका आमाबुवाप्रति समर्पित रहेको पनि उनको भनाइ छ।
हरिलाल भट्टराईकै प्रस्तुति रहेको गीतको भिडिओमा सम्पादन तथा कथा निर्देशन छ। गीतको भिडिओमा मनिशा रावल र दिनेश एडीको अभिनय छ।
Shares

प्रतिक्रिया