कला


‘ऊनको स्वीटर’ र ‘जार’ एकसाथ प्रदर्शनमा

‘ऊनको स्वीटर’ र ‘जार’ एकसाथ प्रदर्शनमा

नेपालखबर
बैशाख २६, २०८२ शुक्रबार १२:४३, काठमाडौँ

आज शुक्रबार नेपाली सिनेमा हलहरुमा दुई नेपाली फिल्म प्रदर्शनमा आएका छन्। नवीन चौहानको ‘ऊनको स्वीटर’ र फुर्वा छिरिङ लामाको फिल्म ‘जार’ हलमा लागेका हुन्। 

प्रेमकथामा बनेको ‘ऊनको स्वीटर’ले हलहरुबाट पहिलो दिन राम्रो शो पाएको छ। आक्रामक बुकिङ रहेको फिल्ममा दर्शकहरुको उपस्थिति पनि उत्साहजनक देखिएको छ। 

आर्टमाण्डू प्रालिको ब्यानरमा निर्माण भएको फिल्मको निर्देशक नवीन चौहान हुन्। यस फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस र विल्सन विक्रम राई मुख्य भूमिकामा छन्। 

यस फिल्मको कथा निर्देशक चौहानले नै लेखेका हुन्। सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बा, सुरज तमु, शारदा देवी सिलवाल, र भावना खपाङ्गी मगर लगायतको अभिनय छ।

त्यस्तै, ‘जार’ २२५ वर्ष अगाडिको कथामा आधारित रहेर बनेको सिनेमा हो। ‘जार’ साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित सिनेमालाई फुर्वा छिरिङ लामाले निर्देशन गरेका छन्। 

यस फिल्ममा सौगात मल्ल, अनुपविक्रम शाही, गीताञ्जली थापालगायत कलाकारको अभिनय छ। यस फिल्मले जार प्रथाको कथालाई बोकेको छ। 

प्रिमियर शोमा अत्याधिक रुचाइएपनि फिल्मलाई ‘ऊनको स्वीटर’ तुलनामा न्युन शो छ। यद्धपी, फिल्मको व्यापार माउथ पब्लिसिटीले निर्धारण गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad