गीतकार मुकुन्द राज शर्माको मार्मिक शब्दमा ‘मेरो पुण्य मुटु’ बोलको गीत सार्वजनिक छ। गीता पाण्डे युट्युव अकाउन्डमार्फत गीतलाई सुन्न सकिन्छ।
सार्वजनिक गीतमा गीता पाण्डेको स्वर रहेको छ। मुकुन्दका शब्दमा मणि कमल छेत्रीले संगीत भरेका छन्। राकेश श्रेष्ठले रेकर्ड गरेको गीतको पवन वाङ लामा संगीत संयोजक हुन्।
पुजा ठकुरीको निर्देशन रहेको गीतको भिडिओमा गीतासहित मुकुन्द र हरिराम पौडेल फिचर्ड छन्। गीतको भिडिओलाई अजय रेग्मीले खिँचेका हुन्। भिडिओमा विनोद बमले कलर र सम्पादन गरेका छन्।
एक लाख बढी भ्युज पाइसकेको गीतले दर्शकबाट राम्रो प्रतिक्रिया मिलिरहेको छ। विशेषगरि, गीतका मार्मिक शब्दहरुको मनछोएको भन्दै दर्शकहरुले प्रतिक्रिया दिइरहेका छन्।
गीतकार मुकुन्दराजले यो गीत झण्डै ४० वर्षअघि विद्यार्थी हुँदा सिर्जना गरेका हुन्। त्योबेला लेखेको गीत अहिले सार्वजनिक हुँदा खुसी लागेको उनको भनाइ छ।
Shares

प्रतिक्रिया