‘शिवांश: च्याप्टर-१’को छायांकन सुरु भएको छ।
पोखराको लामाचौरस्थित अकला मन्दिरमा पूजा गरेर फिल्मको सुटिङ थालिएको हो।

फिल्मको छायांकन पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना गरिने निर्माता अञ्जान केसीले जानकारी दिए।
अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहने चलचित्रको निर्देशकमा सन्तोष कुमार आत्रेय छन्। यो उनको डेब्यु निर्देशकीय फिल्म हो।
फिल्ममा प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपाने मुख्य भूमिकामा छन्।
चलचित्रमा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको अभिनय रहनेछ।
चलचित्रको कथा अञ्जान केसीले लेखेका हुन्। निर्माता पनि उनी स्वयं हुन्।
सिनेमाको सहनिर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी छन्। स्क्रिन प्ले बारत लिम्बूको छ।
केही समयअगाडि निर्माण पक्षले सार्वजनिक गरेको पोस्टरमा प्रवीण खतिवडा फलामको साङ्लोले बाँधिएका थिए। उनी शक्ति संघर्षमा विरोधीको नियन्त्रणमा रहेको पोस्टरमा उल्लेख थियो।
फिल्ममा विमला लिम्बू, प्रदीपकुमार चौधरी, सवीर चौराउटे, उदयकुमार सुब्बा, टिका निरौला र कुन्दनले पनि अभिनय गर्नेछन्।
फिल्ममा विप्लव प्रतीक र राजनराज शिवाकोटीको गीतरचना रहनेछ भने संगीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटीले भर्नेछन्।
राजनराज शिवाकोटी, मिलन नेवार र समीक्षा अधिकारीको स्वर रहनेछ।
चलचित्रमा द्वन्द्व निर्देशन मिलन श्रेष्ठले गर्नेछन् भने कोरियो ग्राफर विक्रम चौहान रहनेछन्।
मिलन मानन्धर प्रोडक्सन म्यानेजरका रूपमा रहने चलचित्रमा आर्ट डिरेक्टर र प्रोडक्सन डिजाइनर प्रतीक चौधरीको रहनेछ।
विराज खड्का भीएफएक्स डाइरेक्टर तथा सुपरभाइजर रहेको चलचित्रमा भीएफएक्स प्रोडुसरका रुपमा आदेश सुब्बा (गुडरेज पिक्चर्स) हुनेछन्।
बारत लिम्बू मुख्य सहायक निर्देशक रहने सिनेमामा स्क्रिप्ट डक्टरको काम सुलक्षण भारतीले गरेका छन्।
शरद महतोको डीओपी रहने चलचित्रका कार्यकारी निर्माता शम्भु थापा हुन्। यो फिल्म असोज २४ गते रिलिज हुनेछ।
Shares

प्रतिक्रिया