फिल्म के घर के डेरा : घर नं २’ टिमले २०० सर्वसाधरण दर्शकलाई फिल्म देखाउने भएको छ। बुधबार बेलुका काठमाडौँको एक हलमा हुने प्रिमियरमा फिल्म देखाउनेछ।
निर्देशक दीपेन्द्र के खनालले बाटो, बजार र मलमा ‘र्यान्डम्ली’ भेटिएका सर्वसाधारणलाई फिल्म हेर्न बोलाएको जानकारी दिए। कलाकार केकी अधिकारी, खगेन्द्र लामिछाने र निश्चल बस्नेतले काठमाडौँका विभिन्न मल, बजार र चोक चोकमा पुगेर भलाकुसारी गर्दैं प्रिमियरको लागि निम्तो दिएका थिए।
प्रिमियरमा उत्कृष्ट प्रतिक्रिया पाएका फिल्मले दर्शकबाट आलोचना पाउन थालेको बेला ‘के घर के डेरा’ ले टिमले नयाँ शैली प्रयोग गरेको हो।
यस फिल्ममा खगेन्द्र लामिछाने, निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, श्रृजना नापित, संजोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ।
फिल्मको कथा साहित्यकार बुद्धिसागरले लेखेका छन्। उनको यो पहिलो स्क्रिप्ट हो।
Shares

प्रतिक्रिया