कला


‘ऊनको स्वीटर’ले पहिलो साता कति कमायो?

‘ऊनको स्वीटर’ले पहिलो साता कति कमायो?

नेपालखबर
जेठ २, २०८२ शुक्रबार ८:३१, काठमाडौँ

नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ले पहिलो साता राम्रो व्यापार गरेको छ। गत वैशाख २६ गते रिलिज भएको यस फिल्मले पहिलो साता ५ करोड ७५ लाखको व्यापार गरेको हो।
 
निर्माण टिमले पहिलो साताको कमाइ सार्वजनिक गर्दै दर्शकलाई धन्यावाद दिएको छ। आजदेखि यो फिल्मको प्रदर्शन दोस्रो सातामा प्रवेश गरेको छ। 

गत फागुन २९ गते रिलिज भएको ‘अञ्जिला’पछि कुनै पनि नेपाली फिल्मले बक्स अफिस उछाल ल्याउन सकेका थिएनन्। यस्तो अवस्थामा ‘ऊनको स्वीटर’ले बक्सअफिस तताएको छ। 

आर्टमाण्डू प्रालिको ब्यानरमा निर्माण भएको यस फिल्मले नेपालभर दर्शकहरुको राम्रो साथ पाइरहेको छ। साथै दोस्रो हप्ताबाट निर्देशक र कलाकारहरु हलभिजिटका लागि देशभर पुग्नेछन्। 

नवीन चौहानको लेखन रहेको यस फिल्ममा विपिन कार्की, मिरुना मगर, परीक्षा लिम्बु, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर र सुनिल पोखरेलको अभिनय छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad