बलिउड अभिनेत्री तथा डान्सर नोरा फतेहीले काठमाडौँमा आफ्नो दमदार प्रस्तुति दिएकी छिन्।
शनिबार बौद्धस्थित हायात ग्राउन्डमा भएको कार्यक्रममा नोराले आफ्ना हिट गीतमा डान्स गरिन्।
‘नोरा फतेही लाइभ इन नेपाल’ नाम दिइएको कार्यक्रममा हजारौँ दर्शकको उपस्थिति थियो। ‘स्नेक’ लगायतका चर्चित बलिउड गीतमा नोराले आफ्नो टिमसहित प्रस्तुति दिएकी हुन्।
नोरासहित नेपाली कलाकारले पनि कार्यक्रममा प्रस्तुति दिए। दुर्गेश थापा, तेरिया मगर, समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’का उत्कृष्ट ५ मा पर्न सफल प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई, इन्द्रकला राईले गीत गाए।
शिक्षाबाट वञ्चित बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगार्थ यो कार्यक्रम गरिएको हो।
हेर्नुस् थप तस्बिर



Shares

प्रतिक्रिया