कला


‘जन्ते बाख्रो’ को शीर्ष गीत सार्वजनिक

‘जन्ते बाख्रो’ को शीर्ष गीत सार्वजनिक

नेपालखबर
जेठ ७, २०८२ बुधबार १७:५९, काठमाडौँ

फिल्म ‘जन्ते बाख्रो’ को शीर्ष गीत सार्वजनिक गरिएको छ। बुधबार फिल्ममा समावेश ‘मुकु मुकु म्या’ बोलको गीत सार्वजनिक भएको छ। 

सार्वजनिक गीतमा मुख्य कलाकार सौगात मल्ल, गरिमा शर्मा, आशिफ शाह, लोकेन्द्र लेखक, विशाल पहाडी लगायत फिचर्ड छन्।

कृष्ण भारद्वाज र निर्भिकल्पमको शब्द रहेको सार्वजनिक गीतमा भारद्वाजको स्वर सुन्न सकिन्छ। रिकेश गुरुङले संगीत भरेका छन्। 

प्रदीप लामाको नृत्य निर्देशनमा तयार भएको गीतलाई लोकेश बज्राचार्यले सम्पादन गरेका हुन्। ग्रामिण परिवेशमा तयार पारिएको गीतमा परम्परा र सांस्कृतिक चलनलाई चित्रण गरिएको छ। 

विवाह समारोहमा बेहुली पक्षले जन्तीलाई बारी वा खुला ठाउँमा खुवाउने चलन अर्थात् ‘जन्ते बाख्रो’ खुवाउने परम्परामाथि फिल्मको कथा आधारित छ।  सिमोस सुनुवारको निर्देशनमा बनेको यो गीत जेठ २३ देखि प्रदर्शन हुनेछ। 

फिल्ममा रमेश शाह, कमल देवकोटा, रुषा न्यौपाने, रमा थपलिया, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेर लगायतको पनि अभिनय छ। कमेडी जनरामा बनेको यस फिल्मको कथा प्रदीप भारद्वाजले लेखेका हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad