हलमा प्रदर्शनरत फिल्म ‘ऊनको स्वीटर’ मा समावेश चर्चित गीत ‘फूल’ को फिमेल भर्सन सार्वजनिक भएको छ। केन्द्रमोसन पिक्चर्समार्फत सार्वजनिक गीतमा अभिज्ञा घिमिरेको स्वर सुन्न सकिन्छ।
हर्क साउदको शब्द र सुजन चापागाईंको संगीत रहेको गीतमा अभिज्ञाको स्वर मिठो सुनिएको छ। गीतको सार्वजिक भिडिओमा अभिनेता विपिन कार्की र अभिनेत्री मिरुना मगर फिचर्ड छन्। भिडिओमा उनीहरु प्रेमिल देखिएका छन्।
यसअघि फिल्मको यो टाइटल गीत सुजन चापागाईंको स्वरमा सार्वजिक भएको थियो। जुन गीतलाई दर्शकहरुले निकै मन पराए। यस फिल्मको कथा चौहानले नै लेखेका छन्। राम्रो तारिफ बटुलिरहेको फिल्मले यतिखेर बक्सअफिसमा राम्रो कमाइ गरिरहेको छ।
फिल्ममा विपीन र मिरुनासहित माओत्से गुरुङ, अनिल सुब्बा, सुरज तमू, एलेक्स पारस, परीक्षा लिम्बू, मिलन खत्री, अरुण पुन मगर, भावना खपाङ्गी मगर, कवि राई, रुपेश लामा, प्रकाश बस्नेत, लक्ष्मी योङहाङ, नरेश लावती लगायतका अभिनय छ।
Shares

प्रतिक्रिया