हालै बलिउड अभिनेत्री ऐश्वर्या राय कान्स फिल्म फेस्टिभलको रेड कार्पेटमा देखिइन्।
रेड कार्पेटमा देखिएसँगै ऐश्वर्या लुकका कारण चर्चामा आएकी छन्।
उनको पहिरनभन्दा उनको सिउँदोको रातो सिन्दूरमा दर्शकको ध्यान तानिरहेको छ।
बनारसी सारी र हीराको हारमा देखिएकी ऐश्वर्या निकै खुलेकी थिइन्।
तर सबैभन्दा बढी चर्चा उनको सिन्दूरको थियो। ऐश्वर्याको साडी प्रसिद्ध फेसन डिजाइनर मनीष मल्होत्राले डिजाइन गरेका हुन्।
यो वर्ष कान्समा ऐश्वर्याको २२औँ पटक उपस्थिति हो। सन् २००२ मा ऐश्वर्याले पहिलोपटक फिल्म ‘देवदास’ को स्क्रिनिङका क्रममा कान्सको रेड कार्पेटमा पाइला राखेकी थिइन्।
त्यतिबेला उनले नीता लुल्लाले डिजाइन गरेको पहेँलो-सुनौलो रङको साडी लगाएकी थिइन्।
उनीसँगै शाहरुख खान र निर्देशक सञ्जय लीला भन्साली पनि उपस्थित थिए।
एकपटक ऐश्वर्या र अभिषेक बच्चनबीच सम्बन्ध विच्छेदको हल्लासमेत चलेको थियो।
यस्तो अवस्थामा उनले सिन्दूर लगाउनुलाई जवाफका रूपमा पनि हेरिएको छ।
Shares

प्रतिक्रिया