कला


‘नरसिंहा अवतार’ को दोस्रो पार्ट बन्ने, मुख्य भूमिकामा राजेश हमालनै

‘नरसिंहा अवतार’ को दोस्रो पार्ट बन्ने, मुख्य भूमिकामा राजेश हमालनै

नेपालखबर
जेठ ९, २०८२ शुक्रबार १३:९, काठमाडौँ

आजदेखि हलमा प्रदर्शन भएको फिल्म ‘नरसिंहा अवतार’ को दोस्रो श्रृंखला बन्ने भएको छ। निर्माणटिमले फिल्मको पोस्ट-क्रेडिटमार्फत दोस्रो श्रृंखला बनाउने घोषणा गरेका हुन्। 

फिल्म दृश्य सकिएलगत्तै हमाल पर्दामा देखिन्छन् र पृष्ठभूमिमा एक नरसिंहाको मुखौटाधारी एक पात्र देखिन्छ। त्यसपछि ‘नरसिंहा अवतार २’ लेखिएको छ। दोस्रो पार्टमा पनि राजेशलाई नै देख्न पाइनेछ।

दिवाकर भट्टराईको लेखन र निर्देशन रहेको यस फिल्मबाट राजेश हमालले आठवर्षपछि कमब्याक गरेका हुन्। फिल्ममा राजेशसहित राज कटुवाल, प्रशान्त ताम्राकार, सनिशा भट्टराई,नीति शाह उषा खड्की लगायतको अभिनय रहेको छ। 

दिवाकर भट्टराइकै लेखन र निर्देशन रहेको फिल्ममा दीपक शर्मा ढकाल, नरेन्द्र महर्जन र ध्रुव न्यौपानेको लगानी छ। 

बिहान ठिकठाक अकुपेन्ची भएपनि दिउँसोबाट दर्शकहरूको फ्लो बढ्ने विश्वास गरिएको छ। अभिनेता हमाल दिउँसोदेखि दर्शकहरू भेट्न हल जाने भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad