बलिउड अभिनेत्री आलिया भट्टले ७८ औं कान्स फिल्म फेस्टिभलमा डेब्यु गरेकी छिन्। उनी कान्सको रेडकार्पेटमा यसैवर्ष पहिलोपटक सहभागी भएकी हुन्।
कान्सको रेडकार्पेटमा र्याप गरेसँगै यतिबेला आलियाको तस्विर सामाजिक सञ्जालमा चर्चामा छन्।
साडी गाउन लगाएर आलिया कान्समा रेडकार्पेटमा देखिइन्। गुच्चीले डिजाइन गरेको पहिरनमा उनी निकै सुन्दर देखिएकी थिइन्।
गुच्ची ब्रान्डले पहिलोपटक सारी बनाएको हो। गुच्चीको सारीमा सजिएकी आलियाको पहिरन र लुक्सको निकै चर्चा भइरहेको छ।
330
Shares

प्रतिक्रिया