फिल्म ‘जन्ते बाख्रो’ को ट्रेलर सार्वजनिक भएको छ। सोमबार सार्वजनिक गरिएको ट्रेलरमा फिल्मको कथा वस्तुबारे चित्रण गरिएको छ।
फिल्मको ट्रेलर मुख्य कलाकार सौगात मल्ल, गरिमा शर्मा, आसिफ शाहवरिपरि घुमेको छ। ट्रेलरमा सौगात आमाको हेरचाह गर्ने बेहुलीको खोजीमा छन्। थुप्रै केटीहरू रिजेक्ट गरिसकेपछि उसले अन्तत: गरिमालाई भेटाउँछन्। त्यसपछि दुबैले एकअर्कालाई मन पराउँछन्।तर, सम्झनाको बुवाले भने अर्कै केटा (आसिम शाह)सँग बिहे गर्न खोज्छन्।
यस्तो अवस्थामा सौगातले आफ्नी प्रेमिकासँग बिहे गर्न गर्नुपरेको संघर्ष ट्रेलरले समेटेको छ। अवरोधबीच के सौगातले बिहे गरेर जन्ते बाख्रो खुवाउलान् त? जुन कुरा फिल्म रिलिज भएपछि नै थाहा होला।
नेपाली समाजमा दुलही भित्र्याउने दिन खुवाइने भोजलाई जन्ते बाख्रो भन्ने गरिन्छ। सोही कथामा सिनेमा निर्माण भएको ट्रेलरबाट बुझ्न सकिन्छ। यो फिल्म आगामी जेठ २३ गतेबाट रिलिज हुनेछ।
मुइन इन्टरटेनमेन्टको प्रस्तुति रहने ‘जन्ते बाख्रो’ सामाजिक कमेडी कथावस्तुमा निर्माण भएको छ। प्रदीप भारद्वाजको कथा, पटकथा र संवाद लेखन रहेको छ। फिल्ममा सौगात, गरिमा र आशिफसहित रमा थपलिया, लोकेन्द्र लेखक, कमल देवकोटा, विशाल पहाडी, रुशा न्यौपाने, कुसुम शर्मा, स्नेहा जोशी, समापिका गौतम, कुशल गजमेरलगायतको अभिनय छ।
Shares

प्रतिक्रिया