कला


काठमाडौँमा नेवार भाषामा नाटक ‘मिसामी’ मञ्चन

काठमाडौँमा नेवार भाषामा नाटक ‘मिसामी’ मञ्चन

नेपालखबर
जेठ १३, २०८२ मंगलबार ९:१४, काठमाडौँ

काठमाडौँमा पहिलोपटक दोलखा नेवार भाषामा नाटक मञ्चन भएको छ। डा. श्याम जोशीद्वारा दोलखा नेवार भाषामा लिखित नाटक ‘मिसामी’ रङ्गकर्मी केदार श्रेष्ठको निर्देशनमा राष्ट्रिय नाचघरमा मञ्चन गरिएको हो।

न्यूयोर्क विश्वविद्यालय आबुधाबीमा सन्दर्भ सामाग्रीको रुपमा रहेको ५० वर्षअघि लिखित यस नाटकलाई न्यूयोर्क विश्वविद्यालय आबुधाबीकै सहकार्यमा दोलखा भाषा संरक्षण अभियान अन्तर्गत दस्तावेजीकरणका लागि  मञ्चन गरिएको बताइएको छ। 

नाटक हेर्न सो विश्वविद्यालयमा अध्ययनरत विभिन्न देशका विद्यार्थी नेपाल आएका थिए। उनीहरुले नाटक निर्माणको प्रक्रियासमेत अध्ययन–अवलोकन गरेका थिए। 

करिब ३० वर्ष अघि दोलखा नेवार भाषामा क्यालिफोर्निया विश्वविद्यालयबाट विद्यावारिधि गरेका प्राध्यापक डा. क्यारोल जेनेट्टीको नेतृत्वमा विद्यार्थीको समूह नेपाल आएका हुन्। 

नाटक ‘मिसामी’ अर्थात् ‘स्वास्नीमान्छे’ले तत्कालिन समयको प्रेमकथासँगै निःसन्तान महिलाले भोगेका पारिवारिक तथा सामाजिक उत्पीडनलाई प्रस्तुत गरेको छ। वि.सं. २०३० सालमा लेखिएको यो नाटक दोलखामा सोही वर्ष दसैँको खड्गजात्राको दिन मञ्चन भएको थियो।

हाल न्यूयोर्क विश्वविद्यनालयका लागि न्यूज नेपाल प्रालीले ‘मिसामी’लाई निर्माण गरेको हो भने डबली थिएटर र थिएटर मल नेपालले प्रस्तुत गरेको हो।

नाटकमा दोलखा र काठमाडौँका कलाकारको संयुक्त सहभागिता थियो। नाटकमा कलाकार सुशिला लक्ष्मी महर्जन, सुलोचना चाकुबजी मानन्धर, अमिर ताम्रकार, सुजना श्रेष्ठ, अन्नपूर्ण श्रेष्ठ, रिना चाकुबजी, कलावती श्रेष्ठ, रमेश बज्राचार्य र दिप्तान्शु श्रेष्ठ लगायतले अभिनय गरेका छन्। निर्देशक केदार श्रेष्ठलाई भाषा सहजकर्ताको रुपमा दीप नारायण श्रेष्ठले सघाएका थिए।

नाटक मञ्चनसँगै नेपालका प्रख्यात कलाकार तथा निर्देशक नीर शाह, प्राडा क्यारोल जेनेट्टी, दोलखा भाषा संरक्षण अभियानका हरिदर्शन श्रेष्ठ तथा लेखक डा. श्याम जोशीले नेपाली व्यवसायिक रङ्गमञ्चमा दोलखा नेवार भाषामा नाटक मञ्चन हुनु ऐतिहासिक रहेको उल्लेख गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad