हलमा अभिनेता राज कटुवाललाई भेट्दा रोए युवती
फिल्म ‘नरसिंहाः अवतार’ रिलिज भएयता अभिनेता राज कटुवाल चर्चामा छन्।
उनी यतिबेला फिल्मका लागि देश दौडाहामा छन्। यो फिल्मलाई आफ्नो डेब्यु फिल्म भनिरहेका राजले यसपटक दर्शकको अपार माया पाएका छन्।
काठमाडौँको एफक्यू हलमा पुग्दा राजलाई भेटेर युवती फ्यान धरधरी रोएका छन्।
यो दृश्य अहिले सामाजिक सञ्जालमा छाएको छ।
युवतीहरूले राजको लुक्स, एक्सन र क्लाइमेक्सको दृश्यले छोएको बताएका छन्।
धनगढीमा केही दिनअगाडि पुगेका राजलाई दर्शकले जुरुक्कै उचालेका थिए। नेपाली फिल्मका दर्शकबाट पाएको माया र साथले राज उत्साहित छन्।
उनले भने–‘म त निकै नै खुसी छु। दर्शकले यति धेरै प्रेम दिनुहुन्छ जस्तो लागेकै थिएन। एउटा कलाकारले प्राप्त गर्ने भनेको नै माया हो। यही माया मैले पाएको छु।’
राजले आगामी दिनमा आफूले अझै मिहिनेत गरेर काम गर्ने बताए। दिवाकर भट्टराइको लेखन तथा निर्देशन रहेको फिल्ममा राजेश हमाल, राज कटुवाल, सनिषा भट्टराई, नीति शाह, प्रशान्त ताम्राकार, राजिभ जंग बस्नेत, रमेश चन्द सोडारी, नीर शाह, दीपा शाही लगायतका कलाकारहरुको अभिनय छ।
फिल्ममा नेम महर्जन, नरेन्द्र महर्जन, ध्रुव न्यौपाने, दीपकप्रसाद ढकालको लगानी छ।
Shares

प्रतिक्रिया