कोशी


चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता

चार दिनदेखि बेलबारीका चार बालिका बेपत्ता

नेपालखबर
जेठ १८, २०८२ आइतबार ११:३५, बेलबारी (मोरङ)

मोरङको बेलबारी नगरपालिका–२, लालभित्तीबाट एकै स्थानका चार जना बालिका बेपत्ता भएका छन्।
 
बेपत्ता हुनेमा सुन्दरहरैचा–११ शुक्रबारेस्थित महेन्द्र माविमा अध्ययनरत १३ वर्षीया जेनिसा नेपाली र १५ वर्षीया सविता परियार, बेलबारी–२ स्थित कविर माविमा अध्यानरत १२ वर्षीया स्मृति कार्की डोली र अनुष्का कार्की डोली छन्। 

उनीहरु साथी भेट्न जाने भन्दै यही जेठ १५ गते  गणतन्त्र दिवसका दिन घरबाट निस्किएका जनाइएको छ। इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख प्रहरी निरीक्षक कृष्णबहादुर  खत्रीले बेपत्ता बालिकाहरूको खोजी जारी रहेको जानकारी दिए।रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad