फिल्म ‘पिताम्बर’ निर्देशन गरेपछि निर्देशक कृषा चौलागाइँ चर्चामा छिन्। मल्टिस्टारर कलाकार लिएर एक्सन जनराको फिल्म सफलतापूर्वक निर्देशन गरेपछि कृषाको चर्चा चुलिएको हो।
अहिले कृषालाई घर बाहिरका फिल्मबाट पनि निरन्तर अफर आइरहेको छ। यसैबीच, एकसाता लामो जापान भ्रमणमा पुगेको समयमा निर्देशक चौलागाँइले नयाँ फिल्म साइन गरेकी छिन्।
उनले नेपाल, भारत र फिलिपिन्सका कलाकारहरुले एकसाथ काम गर्न लागेको एक अनटाइटल प्रोजेक्ट काम गर्ने पक्का भएको हो। यो फिल्मलाई यूएनए प्रोडक्सनले निर्माण गर्दैछ। यूएनए प्रोडक्सनका प्रमुख उज्ज्वल गुरागाँई र निर्देशक कृषा चौलागाइँविच कागजी संझौता भएको हो।
फिल्ममा जापानको एक टिमको समेत सहकार्य रहने पक्का भएको छ। जापानमा रहेर फिल्म वितरण गर्दै आएको यूएनए इन्टरटेन्मेन्टले अब यूएनए प्रोडक्सनको नाममा यो फिल्मलाई निर्माण गर्नेछ। फिल्मको छायांकन भदौबाट सुरु हुनेछ।
फिल्मलाई नेपाल, जापान र फिलिपिन्समा खिच्ने पक्का भएको छ। फिल्मको नाम, कलाकारहरुको बारेमा छिट्टै जानकारी दिने निर्माणपक्षले बताएको छ। हाल फिल्मको धमाधम स्क्रिप्टमा काम भइरहेको छ।
यो फिल्मका लागि निर्देशक कृषा चौलागाइले महंगो रकम लिएकी छिन्। तर, निर्माणपक्षले कृषाले लिएको रकम भने खुलाएको छैन।
Shares

प्रतिक्रिया