कला


नक्कली प्रचण्ड बनेर अभिनय गर्ने कलाकार घनश्याम गौतमको निधन

नक्कली प्रचण्ड बनेर अभिनय  गर्ने  कलाकार घनश्याम गौतमको निधन

नेपालखबर
जेठ २०, २०८२ मंगलबार ८:२३, काठमाडौँ

कलाकार तथा रंगकर्मी घनश्याम गौतमको निधन भएको छ। 

टेलिशृङ्खला र प्रहसनहरूमा नक्कली प्रचण्ड बनेर अभिनय गरेर चर्चित भएका उनको सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ, 

कलाकार गौतम विगत दुई वर्षदेखि पेटको क्यान्सरबाट पीडित थिए। भक्तपुरस्थित काठमाडौँ क्यान्सर अस्तालमा उपचारकै क्रममा सोमबार उनको निधन भएको हो।

४३ वर्षीय गौतमले मेरी बास्सै टेली टेलिशृंखलामासमेत अभिनय गरेका थिए। सडक नाटक, रेडियो नाटक, कचहरीमा सक्रिय उनले विभिन्न स्कुलहरूमा पनि अभिनय सिकाउथे।

उनको मंगलबार बिहान पशुपती आर्यघाटमा अन्त्यष्ठि गर्ने तयारी छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad