जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आजसमेत तीन दिन देशका कुन प्रदेश तथा स्थानमा वर्षा र हिमपातको सम्भानवना छ भन्ने विषयमा विस्तृत बुलेटिन जारी गरेको छ।
महाशाखाले आज (जेठ २०, मंगलबार) बिहान ८ बजे जारी गरेको बुलेटिनअनुसार यतिबेला गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भेगमा मौसम आंशिकदेखि साधारणतया बदली (आकाशमा बादल) छ भने बाँकी स्थानमा मौसम मुख्यतया सफा छ। अनि गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा पनि भइरहेको छ।
महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ: कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। यसकारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ।
हेर्नुहोस् ३ दिनसम्मको सम्भावित वर्षा विवरण:



Shares

प्रतिक्रिया