चन्द्र पन्तको निर्देशनमा बन्न लागेको फिल्म ‘आ बाट आमा’मा पल शाह अनुबन्ध भएका छन्।
विपना थापापछि निर्माण टिमले शाहलाई फिल्ममा हालै भित्र्याएको हो।

पल शाहले फिल्मको स्क्रिप्ट मन परेका कारण आफू काम गर्न राजी भएको बताएका छन्।
उनले स्क्रिप्टले आफूलाई भावुक बनाएको बताए।
तर फिल्ममा आफ्नो क्यारेक्टरबारे उनले खुलाउन चाहेनन्।
यसअघि यो फिल्ममा आमा भूमिकाका लागि अभिनेत्री विपना थापा अनुबन्ध भइसकेकी छन्।
विपनाले गत वर्ष प्रदर्शन भएको फिल्म ‘ह्रस्वदीर्घ’मार्फत १६ वर्षपछि नेपाली रजतपटमा पुनरागमन गरेकी थिइन्।
अहिले उनले त्यही फिल्मका निर्देशक पन्तसँग दोस्रोपटक सहकार्य गर्न लागेकी हुन्।
अभिमन्यू निरवीले स्क्रिप्ट लेखिरहेको यस फिल्मको थिम पोस्टर केही दिनअघि सार्वजनिक भएको थियो।
फिल्ममा विपना र पलका साथै अन्य कलाकार र प्राविधिकको पनि टुंगो छिट्टै लाग्ने निर्देशक पन्तले जानकारी दिए।
उनका अनुसार यो फिल्म आगामी फागुन १५ गते प्रदर्शनमा आउने बताइएको छ।
Shares

प्रतिक्रिया