फिल्म ‘द ब्ल्यु लाइट’को शुभमुहूर्त गरिएको छ।
काठमाडौँको कमलादीस्थित गणेश मन्दिरमा आज शुभमुहूर्त गरिएको हो।

शुभमुहूर्तमा फिल्मका मुख्य कलाकार र प्राविधिक सहभागी भए।
अब चलचित्रको छायांकन यही जेठ २२ गते बिहीबार सुरु हुने गरिनेछ।
काठमाडौँ उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिने यस चलचित्रको छायाकंन तालिका २० दिन तय गरिएको छ।
लिराम चौहानको निर्देशन रहेको ‘द ब्ल्यु लाइट’ यसअघि थिम पोस्टर सार्वजनिक भइसकेको छ। चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन्।
उनको यो डेब्यु निर्देशन हो।
‘द ब्ल्यु लाइट’को प्रमुख भूमिकामा अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन्।
यस्तै चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन्।
साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो।
‘द ब्ल्यु लाइट’को को-प्रोडुसरका रूपमा रमन ग्रे रहनेछन्।
चलचित्रको छायांकन नरेन्द्र मैनालीले गर्नेछन्।
निर्देशक चौहानले चलचित्रको कथावस्तु गोप्य राखेका छन्।
‘द ब्ल्यु लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताए।
Shares

प्रतिक्रिया